काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

ब्रेक्जिटपछिको पहिलो सम्मेलनमा घनिष्ठ सम्बन्ध कायम गर्न बेलायत–इयु तयार

1.98K
shares

पाँच वर्षअघि युरोपेली सङ्घ (इयु) बाट बेलायतको विवादास्पद बहिर्गमनपछि नयाँ अध्याय खोल्दै बेलायती प्रधानमन्त्री किर स्टार्मर सोमबार एक ऐतिहासिक सम्मेलनमा इयुसँग घनिष्ठ सम्बन्धका लागि सम्झौता गर्ने तयारीमा छन् ।

इयुका कूटनीतिज्ञहरूले सोमबार मुख्य अड्चन विन्दुहरूमा मतभेदहरू समाधान गर्न रातभर वार्ता गरेपछि बेलायतसँगको सम्बन्ध पुनःस्थापित गर्ने सम्झौतामा पुगेको बताएका छन् ।

इयुका सदस्य राष्ट्रहरूले हस्ताक्षर गर्न विशेष गरी रक्षामा र अन्तिम क्षणको सफलतापछि माछा मार्ने अधिकारको जटिल मुद्दामा तीनवटा पाठलाई अनुमोदन गरेका थिए ।

स्टार्मरले आफ्नो युरोपेली छिमेकीहरूसँग बेलायतको घनिष्ठ सम्बन्धका लागि जोड दिएका छन् । बेलायतको अघिल्लो कन्जर्भेटिभ सरकारसँग वार्ता गरिएको इयु सम्झौताले ‘कसैका लागि पनि काम गरिरहेको छैन’ भन्ने लेबर सरकारको तर्क छ ।

तर गत जुलाईको आम चुनावमा कन्जर्भेटिभ पार्टीलाई सत्ताच्यूत गरेर सत्तामा आएका स्टार्मरले आफूले थुप्रै लक्ष्मण रेखा पार नगर्ने बताएका छन् ।

युरोपेली सङ्घका केही मागमाथि अड्चन विन्दुहरू बाँकी छन् र कन्जर्भेटिभहरूले पहिले नै रिसेट कदमलाई ‘आत्मसमर्पण’ का रूपमा आलोचना गरिरहेका छन् ।

वार्ताको नजिकको एक स्रोतले भनेको छ, “हिजो राति ढिलो सफलता, (र) अझै कदम चाल्न बाँकी छ ।”

स्टार्मर र इयु नेताहरू उर्सुला भोन डेर लेयन, एन्टोनियो कोस्टा र मुख्य कूटनीतिज्ञ काजा कल्लास बीच सोमबारको बैठकको मुख्य आकर्षणमा दुई पक्षले ‘सुरक्षा र रक्षा साझेदारी’ मा हस्ताक्षर गर्नेछन् ।

इयु–बेलायत नेताहरूको शिखर सम्मेलनबाट युरोपेली एकताको संयुक्त वक्तव्य र व्यापारदेखि माछा मार्ने र युवा गतिशीलताका विषयहरूमा साझा समझदारीसहित सोमबार दुई अन्य कागजात अपेक्षित छन् ।

कूटनीतिज्ञहरूका अनुसार अन्तिम सम्झौताअन्तर्गत बेलायतले सन् २०२६ मा वर्तमान सम्झौता समाप्त भएपछि युरोपेली मछुवाहरूका लागि १२ वर्षसम्म आफ्नो पानी खुला राख्नेछ । यसको बदलामा २७–राष्ट्रको ब्लकले बेलायतबाट खाद्यान्न आयातमा अनिश्चितकालका लागि बन्देजलाई खुकुलो पार्नेछ ।

युवा गतिशीलताको विषयमा वार्ताकारहरू पछिको सम्झौताका लागि सामान्य शब्दावलीमा सहमत भए ।

यो मुद्दा तनावको अर्को मुख्य स्रोत हो । कुनै पनि युवा गतिशीलता योजनाले इयु र बेलायत बीच आवागमनको स्वतन्त्रतामा फर्कन सक्छ भन्ने लन्डनलाई डर छ ।

– रुस र ट्रम्पको छाया –

इयु र बेलायत रुसको खतराको सामना गर्न र राष्ट्रपति डोनाल्ड ट्रम्पअन्तर्गत संयुक्त राज्य अमेरिकाले अब युरोपको रक्षा गर्न मद्दत गर्दैन भन्ने डरका बीच पुनः हतियार दौडमा रहेका बेला वार्ताहरू भइरहेका छन् ।

यसको अर्थ थप नियमित सुरक्षा वार्ता, बेलायतले इयुका सैन्य मिसनहरूमा सामेल हुने विचार र लन्डनले इयु ब्लकबाट स्थापित एक खर्ब ५० अर्ब युरो (एक खर्ब ६७ अर्ब डलर) रक्षा कोषमा पूर्ण पहुँच पाउने सम्भावना हुनेछ ।

तर यो सम्झौताले पछि भरिने धेरै विवरणहरू छाड्ने अपेक्षा गरिएको छ । उदाहरणका लागि बेलायत र यसको रक्षा उद्योगलाई इयु कार्यक्रमहरूमा निर्बाध पहुँच दिने थप सम्झौताको आवश्यकता पर्दछ ।

सुरक्षा सम्झौतामा पुग्नु वार्ताकारहरूका लागि सबैभन्दा कम झन्झटिलो कामका रूपमा लामो समयदेखि हेरिएको थियो किनकि बेलायतको पहिले नै नाटोमा २३ इयुका देशहरूसँग अन्तरसम्बन्धित रक्षा सम्बन्धहरू छन् ।

स्टार्मरले इयु भन्सार सङ्घ र एकल बजारमा पुनः प्रवेश गर्न अस्वीकार गरेका छन् तर खाद्य र कृषि उत्पादनहरूमा इयुसँग मिल्न तयार देखिएका छन् । रासस