global ime bank Long Banner Ad

गृहपृष्ठ नक्कली प्रमाणपत्रको मुद्दामा खैरहनी माविका प्रअ शर्माले पाए सफाइ

नक्कली प्रमाणपत्रको मुद्दामा खैरहनी माविका प्रअ शर्माले पाए सफाइ

नक्कली प्रमाणपत्रको मुद्दामा खैरहनी माविका प्रअ शर्माले पाए सफाइ

खैरहनी माध्यमिक बिद्यालयका प्रधानाध्यापक गोपालप्रसाद शर्माले विशेष अदालतले नक्कली प्रमाणपत्रको मुद्दामा सफाइ पाएका छन् ।

गत आइतबार विशेषले प्रधानाध्यापक विरुद्ध दायर मुद्दामा सफाइको फैसला गरेको हो। विशेषका सदस्यहरू तेजनारायणसिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले यस्तो फैसला गरेको हो। गत बैशाख ३१ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रधानाध्यापक शर्माउपर मुद्दा दायर गरेको थियो।

शर्माले भारतको उत्तर प्रदेशबाट प्रवीणता प्रमाणपत्र तह (आइएस्सी)को शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र ल्याएको अख्तियारको दावि थियो तर बिशेष अदालतमा भने नक्कली प्रमाणपत्र पेश गर्न नसकेपछि शर्माले सफाई पाएका हुन् ।

उजुरी पछि अख्तियार शर्माको शैक्षिक प्रमाण–पत्रको सत्यापनको लागि भारत स्थित युपिबोर्डको क्षेत्रीय कार्यलय मेरठ जानु पर्नेमा क्षेत्रीय कार्यलय बरेली गएरको त्यहाँको कार्यलयबाट कुनै अभिलेख नभेटिएको आधारमा मुद्दा दायर गरेको थियो ।

प्रकाशित समय : १२:१९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु