गृहपृष्ठ एनसेल ‘लीग अफ क्रिएटर्स’: अमनले जिते १० लाखको ब्रान्ड डिल
एनसेल ‘लीग अफ क्रिएटर्स’: अमनले जिते १० लाखको ब्रान्ड डिल
एनसेलले अपट्रेन्डलीसँगको सहकार्यमा आयोजना गरेको ‘लीग अफ क्रिएटर्स’ प्रतियोगितामा ललितपुरका अमन महर्जनले १० लाख बराबरको एक वर्षको ब्रान्ड डिल जितेका छन् । उनले प्रतियोगितामा प्रथम स्थान हाषिल गर्दै पुरस्कार स्वरुप यो डिल हात पारेका हुन् ।
आफूलाई म्याडम्वाजेल क्रिएटरका नामले चिनाउने काठमाडौंकी प्रभा श्रेष्ठले प्रतियोगितामा दोस्रो स्थान हाषिल गर्दै ५ लाखको ब्रान्ड डिल जितिन् भने बागलुङ्गका मनिष रुचेलले तेस्रो स्थान हाषिल गर्दै २ लाख ५० हजारको ब्रान्ड डिल पुरस्कार जितेका छन् । त्यसैगरी बुटवलका प्रशान्त पान्डेले चौथो स्थान हाषिल गरि अपट्रेन्डली पीकका रुपमा १ लाखको ब्रान्ड डिल जितेका थिए।
गत शुक्रबार काठमाडौंमा आयोजित ग्रान्ड फिनाले कार्यक्रममाँझ विजयी क्रिएटरहरुलाई पुरस्कार प्रदान गरिएको हो । देशैभरका डिजिटल स्टोरीटेलर्सलाई सशक्त बनाउने उदेश्य सहित एनसेलले यो प्रतियोगिता आयोजना गरेको हो ।
प्रकाशित समय : ११:४६ बजे



















