गृहपृष्ठ स्याफ्रुबेँसी–रसुवा सडक खण्डमा मर्मतको काम अन्तिम चरणमा
स्याफ्रुबेँसी–रसुवा सडक खण्डमा मर्मतको काम अन्तिम चरणमा
रसुवाको स्याफ्रुबेँसी–रसुवागढी खण्डमा मर्मतको काम अन्तिम चरणमा पुगेको छ । गएको असार २३ गते नेपाल–चीन सीमामा पर्ने ल्हेन्दे खोला (भोटेकोशी) मा आएको बाढीले स्याफ्रुबेँसी–रसुवागढी सडक क्षतविक्षत बनाएको थियो ।
बाढीले स्याफ्रुबेँसी–रसुवागढी झन्डै १४ किलोमिटर सडकमार्गको धेरैजसो भाग प्रभावित भएको थियो । सडक विभागसहित अन्य निकायको सहयोग र सहकार्यमा सडक मर्मतको काम ९० प्रतिशत पूरा भएको सडक सुधार आयोजना प्रमुख खड्गलाल श्रेष्ठले जानकारी दिए ।
गल्छी–त्रिशूली–रसुवागढी सडक सुधार आयोजना, स्थानीयस्तरमा सञ्चालित केही जलविद्युत् आयोजना र पालिकाको सहयोग र सहकार्यमा काम भइरहेको रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीले जानकारी दिए ।
उनका अनुसार रसुवागढी मितेरी पुलपारि चिनियाँ भागमा ‘पार्किङ’ गरी राखेको ३० वटा नेपाली कन्टेनर बाढीका कारण डुबानमा परेकामा २६ वटालाई निकालेको र बाँकी चारवटा कन्टेनरलाई पनि निकाल्न चिनियाँ पक्षबाट काम भइरहेको छ ।
प्रकाशित समय : ११:५२ बजे



















