global ime bank Long Banner Ad

गृहपृष्ठ शाइन रेसुङ्गा बैंकको ऋणपत्र बिक्री खुला

शाइन रेसुङ्गा बैंकको ऋणपत्र बिक्री खुला

शाइन रेसुङ्गा बैंकको ऋणपत्र बिक्री खुला

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडले आज असार ३२ गतेदेखि ‘शाइन रेसुङ्गा डिबेञ्चर’ बिक्री खुला गरेको छ। बैंकले १० वर्ष अवधि र वार्षिक ८ प्रतिशत ब्याजदर भएको ऋणपत्र निष्कासन गरेको हो ।

बैंकले प्रतिऋणपत्र १ हजार रुपैयाँका दरले जम्मा १० लाख कित्ता ऋणपत्र निष्कासन गरेको हो। सोमध्ये ६ लाख कित्ता ऋणपत्र बैंकले व्यक्तिगत तवरबाट बिक्री गर्नेछ। बाँकी रहेको ४ लाख कित्ता ऋणपत्रमध्ये २० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषलाई बाँडफाँड गरी अन्त्यमा ३ लाख ८० हजार कित्ता ऋणपत्र सर्वसाधारणका लागि निष्कासन गरेको हो।

यसमा आवेदन दिंदा कम्तीमा २५ कित्ताका लागि आवेदन दिनु पर्नेछ भने बढीमा ५ लाख कित्तासम्म माग गर्न सकिने व्यवस्था गरिएको छ। निष्कासन बन्द छिटोमा साउन ४ गते हुनेछ तर उक्त अवधिसम्म पर्याप्त आवेदन नपरेमा साउन १४ गतेसम्म लम्बिनेछ।

ऋणपत्र निष्कासनका लागि गराएको क्रेडिट रेटिङ्गमा इक्रा नेपालले बैंकलाई इक्राएनपी इस्यूअर रेटिङ्ग डबल बी प्लस प्रदान गरेको छ। यसले समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्दछ।

प्रकाशित समय : ११:०४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु