global ime bank Long Banner Ad

गृहपृष्ठ प्रजातान्त्रिक आन्दोलनका योद्धा कुशवाहाको निधन

प्रजातान्त्रिक आन्दोलनका योद्धा कुशवाहाको निधन

प्रजातान्त्रिक आन्दोलनका योद्धा कुशवाहाको निधन

मुलुकको प्रजातान्त्रिक आन्दोलनका अथक योद्धा रामचन्द्रसिंह कुशवाहाको निधन भएको छ । क्यान्सरबाट पीडित उनको उपचारका क्रममा मङ्गलबार वीर अस्पतालमा निधन भएको हो ।

उनका पत्नी, दुई छोरा र दुई छोरी छन । उनको पार्थिव शरीर पडरियास्थित निवासमा ल्याइएको छ । आजै उनको अन्तिम संस्कार गरिने जनाइएको छ ।

कुशवाहाको निधनमा नेपाली कांग्रेसका महोत्तरी जिल्ला सभापति नागेश्वर यादव, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष बलिराम यादव र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का जिल्ला इञ्चार्ज प्रकाशहरि पोखरेलले छुट्टाछुट्टै शोक वक्तव्य जारी गर्दै शोक प्रकट गरेका छन ।

 

प्रकाशित समय : १०:५८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु