global ime bank Long Banner Ad

गृहपृष्ठ मन्त्री यादव र मुख्यमन्त्री सिंहबीच तराई–मधेसको खानेपानीको दीर्घकालीन समस्या समाधान गर्न छलफल

मन्त्री यादव र मुख्यमन्त्री सिंहबीच तराई–मधेसको खानेपानीको दीर्घकालीन समस्या समाधान गर्न छलफल

मन्त्री यादव र मुख्यमन्त्री सिंहबीच तराई–मधेसको खानेपानीको दीर्घकालीन समस्या समाधान गर्न छलफल

संघीय खानेपानीमन्त्री प्रदीप यादव तथा मधेस प्रदेश सरकारका मुख्यमन्त्री सतिशकुमार सिंहबीच आज तराई–मधेसको खानेपानीको दीर्घकालीन समस्या समाधानका लागि गहन छलफल भएको छ ।

आज मधेस प्रदेशको जनकपुरमा तराई–मधेसको खानेपानीको दीर्घकालीन समस्या समाधानका सम्बन्धमा मुख्यमन्त्री सिंह, प्रदेश उर्जा, सिंचाई तथा खानेपानीमन्त्री शेषनारायण यादव सहितका विभिन्न सरोकारवालासँग गहन छलफल भएको मन्त्री यादवको स्वकीय सचिवालयले जनाएको छ ।

सो छलफलका क्रममा मन्त्री यादवले जलवायु परिवर्तनका कारण उत्पन्न भएको सुक्खा समस्या र त्यसले उत्पन्न गरेको खानेपानीको सङ्कट दिनानुदिन गम्भीर बन्दै गएकाले उक्त समस्या समाधानका लागि आफु व्यक्तिगत रूपमा र खानेपानी मन्त्रालय संस्थागत रूपमा पूर्ण सक्रिय रहेको जानकारी दिए ।

उनले भने, “तराई–मधेसको खानेपानीको दीर्घकालीन समाधानका लागि सबै तह र तप्काबीच समन्वय र सामूहिक प्रयास आवश्यक छ । समस्या समाधानका लागि म व्यक्तिगत रूपमा र खानेपानी मन्त्रालय संस्थागत रूपमा पूर्ण सक्रिय छ ।”

छलफलका क्रममा मुख्यमन्त्री सिंहले मधेस प्रदेशका १३६ वटै पालिकामा सुक्खा र खानेपानीको समस्या गहिरिँदै गएको जानकारी गराएका थिए । उनले प्रदेशका नागरिक समस्यामा रहेका बेला सहयोग गर्न अग्रसरता देखाउनका लागि दातृ निकायका प्रतिनिधिहरूलाई आग्रह समेत गरे।

उनले भने, “प्रदेशका नागरिक अहिले वातावरणीय असन्तुलनको प्रभावबाट खानेपानीको सङ्कटमा रहेका बेला खुला हृदयले सहयोग गर्न म दातृ निकायहरूलाई आग्रह गर्दछु ।”

छलफलमा संघीय खानेपानी मन्त्रालयका सचिव ई.प्रमिलादेवी शाक्य बज्राचार्य, खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक ई.रामकुमार श्रेष्ठ, संघीय खानेपानी कार्यलय जनकपुरका प्रमुख जगरनाथ दास लगायतका विज्ञ तथा पदाधिकारीहरूको सक्रिय सहभागिता रहेको थियो ।

प्रकाशित समय : १०:२९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु