global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ झापा इनर्जीले आइपीओ ल्याउने

झापा इनर्जीले आइपीओ ल्याउने

झापा इनर्जीले आइपीओ ल्याउने

झापा इनर्जीले धितोपत्र बोर्डबाट सेयर निष्कासन अनुमति पाएको छ। कम्पनीले आफ्नो चुक्ता पुँजीको २५ प्रतिशत बराबरको सेयर जारी गर्ने भएको हो।

कम्पनीले कुल नौ लाख ५० हजार चार सय ७५ कित्ता सेयर जारी गर्ने भएको हो। अंकित मूल्य सय रूपैयाँको दरमा सेयर बिक्री गर्ने कम्पनीको उदेश्य छ।

कम्पनीको सेयर बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल छ। सौर्य उर्जा उत्पादन गर्ने यो कम्पनीको क्षमता १० मेगावाट रहेको छ।

कम्पनीले २०८० माघ १० गतेबाट विद्युत् उत्पादन सुरू गरिसकेको आफ्नो २०८०/८१ को बार्षिक प्रतिवेदनमा उल्लेख गरेको छ।

यस आयोजनाबाट उत्पादन भएको विद्युत ३३ केभी सिङ्गल सर्किट प्रसारण लाईन मार्फत दमक बितरण केन्द्र अन्तर्गत बुलुचोक सब–स्टेसनमा लगी राष्ट्रिय प्रसारण लाईनमा जोडिएको छ।

आर्थिक वर्ष २०८०/८१ को माघ १० गतेदेखि असार ३१ गतेसम्ममा यस आयोजानाले ७२ हजार युनिट विद्युत उत्पादन गरेर नेपाल विद्युत प्राधिकरणलाई विक्री गरेको थियो।

प्रकाशित समय : १९:११ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु