गृहपृष्ठ सन नेपाल लाइफको लिलामी सेयरमा आवेदन दिने आज अन्तिम दिन
सन नेपाल लाइफको लिलामी सेयरमा आवेदन दिने आज अन्तिम दिन
सन नेपाल लाइफ इन्स्योरेन्सको लिलामी प्रक्रियामार्फत बिक्रीमा राखिएको करिब सवा २ लाख कित्ता अवितरित हकप्रद सेयरमा बोलपत्र पेस गर्ने आज सोमबार अन्तिम दिन रहेको छ।
यस सेयरमा आज बैंकिङ समयसम्म खरिदका लागि बोलपत्र पेस गर्न सकिनेछ।
कम्पनीले सेयरधनीहरुलाई जारी गरेको हकप्रदमा खरिद आवेदन नपरेको २ लाख २४ हजार ७२८ कित्ता शेयर बिक्रीमा राखेको हो। जसमा संस्थापक समूहको ८० हजार २२२ कित्ता र सर्वसाधारण समूहको १ लाख ४४ हजार ५०६ कित्ता रहेको छ।
न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ राखिएको यो सेयरमा लगानीकर्ताले बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्न सक्नेछन्।
बिक्रीमा राखिएको सेयरमा इच्छुक व्यक्ति, कम्पनी तथा संघसंस्थाले खरिद आवेदन दिन सक्नेछन्। खरिद आवेदन दिँदा संस्थापक समूहमा न्यूनतम १ हजार कित्ता र सर्वसाधारण समूहमा न्यूनतम १०० कित्ता तथा अधिकतममा सम्पूर्ण कित्ताका लागि दिन सकिनेछ।
प्रकाशित समय : १०:२९ बजे


















