global ime bank Long Banner Ad

गृहपृष्ठ तीन सय ३६ विद्यार्थीलाई ‘मेयर छात्रवृत्ति’

तीन सय ३६ विद्यार्थीलाई ‘मेयर छात्रवृत्ति’

तीन सय ३६ विद्यार्थीलाई ‘मेयर छात्रवृत्ति’

पाल्पाको रामपुर नगरपालिकाले चालु आर्थिक वर्षमा ३३६ जना विद्यार्थीलाई छात्रवृत्ति रकम प्रदान गरेको छ ।

चालु आवमा ‘मेयर छात्रवृत्ति कार्यक्रम’मार्फत नगरभित्रका ५३ शैक्षिक संस्थाका ती विद्यार्थीलाई छात्रवृत्ति रकम उपलब्ध गराइएको हो । यहाँका दर्छा क्याम्पस र सहिद बहुमुखी क्याम्पससहित ५१ सामुदायिक विद्यालयका साधारण तथा प्राविधिक÷विज्ञान सङ्कायमा अध्ययनरत विद्यार्थीलाई नगरपालिकाले छात्रवृत्ति सहयोग गरेको नगर शिक्षा अधिकृत विकल काफ्लेले जानकारी दिए ।

साधारणतर्फ ५३ शैक्षिक संस्थाका ३१३ विद्यार्थीलाई १० लाख ३१ हजार ८०० र उच्च प्राविधिक/विज्ञान सङ्कायका २३ विद्यार्थीलाई एक लाख ६७ हजार ६०० बराबर छात्रवृत्ति रकम प्रदान गरिएको नगरप्रमुख रमणबहादुर थापाले विद्यार्थीको पठनपाठनमा सहजताताका लागि आवश्यक सहयोग गर्न ‘मेयर छात्रवृत्ति कार्यक्रम’ सञ्चालन गरिएको बताए । उनले कार्यक्रम सञ्चालनमा आएपछि असहाय, न्यून आय भएका र जेहेन्दार विद्यार्थीको पठनपाठनमा सहयोग पुगेकाले यसलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे ।

प्रकाशित समय : २०:०८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु