global ime bank Long Banner Ad

गृहपृष्ठ मोरङ उद्योग व्यापार संघद्वारा मौद्रिक नीतिको स्वागत

मोरङ उद्योग व्यापार संघद्वारा मौद्रिक नीतिको स्वागत

मोरङ उद्योग व्यापार संघद्वारा मौद्रिक नीतिको स्वागत

आर्थिक वर्ष २०८२/०८३ का लागि नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिको मोरङ उद्योग व्यापार संघले स्वागत गरेको छ । संघका अध्यक्ष अनुपम राठीले शुक्रबार वक्तव्य जारी गर्दै मौद्रिक नीतिले मुलुकको आर्थिक स्थायित्व कायम गर्ने, कर्जाको पहुँच र गुणस्तर अभिवृद्धि गर्ने तथा वित्तीय प्रणालीलाई अझ प्रभावकारी बनाउने विश्वास व्यक्त गरेका छन् ।

विगतमा संघले राखेका सुझाव तथा धारणामध्ये धेरैलाई नेपाल राष्ट्र बैंकले यस नीतिमा समेटेको भन्दै प्रशंसा गरेको छ । विशेषगरी सेयर धितो कर्जाको सीमा १५ करोडबाट बढाएर २५ करोड पुर्‍याउनु, घरजग्गा कर्जामा मूल्यांकनको ८० प्रतिशतसम्म ऋण प्रवाह गर्नु र निजी आवासीय कर्जाको सीमा दुई करोडबाट बढाएर तीन करोड बनाउनु जस्ता प्रावधानहरू सेयर बजार र रियल स्टेट क्षेत्रलाई उत्साहित गर्नेमा संघले विश्वास छ ।

त्यस्तै, साना तथा मझौला उद्योग–व्यवसायका लागि कर्जाको सीमा दुई करोडबाट तीन करोड कायम गर्नु, आधार दरमा दुई प्रतिशतसम्म मात्र प्रिमियम थप गर्ने व्यवस्था गर्नु तथा कृषिजन्य फसल, जमिन र व्यवसाय धितोमा १० लाखसम्मको कर्जा दिने व्यवस्था कृषि र ग्रामीण अर्थतन्त्रलाई सवल दिने विश्वास व्यक्त गरिएको छ ।

लघुवित्त क्षेत्रमा पनि तीन प्रतिशतको प्रिमियम दर कायम गरी व्याजदर निर्धारण गरिएकोमा सकारात्मक प्रतिक्रिया दिएको संघले जनाएको छ ।

प्रकाशित समय : २०:४४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु