global ime bank Long Banner Ad

गृहपृष्ठ इन्डियाविरुद्धको तेस्रो टेस्टको पहिलो इनिङ्समा इंल्यान्ड ३८७ रनमा अलआउट

इन्डियाविरुद्धको तेस्रो टेस्टको पहिलो इनिङ्समा इंल्यान्ड ३८७ रनमा अलआउट

इन्डियाविरुद्धको तेस्रो टेस्टको पहिलो इनिङ्समा इंल्यान्ड ३८७ रनमा अलआउट

इन्डियाविरुद्धको तेस्रो टेस्ट क्रिकेटको पहिलो इनिङ्समा इंल्यान्ड ३८७ रनमा अलआउट भएको छ ।

लन्डनमा शुक्रबार ४ विकेटको क्षतिमा २५१ रनबाट दोस्रो दिनको खेल थालेको घरेलु टोली थप १३६ रन जोड्दै अलआउट भएको हो । जोए रुटले १०४, ब्रिडोन कार्सले ५६ र जामी स्मिथले ५१ रन बनाए । ओली पोप अर्धशतक बनाउन ६ रनले चुके । भारतीय बलरले ३१ रन अतिरिक्त दिएका थिए ।

जस्प्रित बुमराहले ५ विकेट लिए । मोहमद सिराज र नितिशकुमार रेड्डीको नाममा समान २ विकेट रहँदा रविन्द्र जडेजाले एक विकेट झारे ।

५ खेलको शृंखला १-१ को बराबरीमा छ । पहिलो खेलमा इंल्यान्ड ५ विकेटले विजयी भएको थियो भने दोस्रोमा भ्रमणकारी टोली भारतले ३३६ रनको फराकिलो जित निकालेको थियो ।

प्रकाशित समय : २०:४० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु