गृहपृष्ठ प्रधानमन्त्री ओलीद्वारा ‘नेशनल हाई पर्फमेन्स सेन्टर’ को उद्घाटन
प्रधानमन्त्री ओलीद्वारा ‘नेशनल हाई पर्फमेन्स सेन्टर’ को उद्घाटन
प्रधानमन्त्री केपी शर्मा ओलीले ललितपुरको सातदोबाटोमा बनेकाे ‘नेशनल हाई पर्फमेन्स सेन्टर’ को आज उद्घाटन गरेका छन ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले खेलाडीहरूलाई नियमित रूपमा प्रशिक्षण गर्नका लागि सुविधा सम्पन्न प्रशिक्षण स्थलका रूपमा नेशनल हाई पर्फमेन्स सेन्टरको स्थापना गरेको हो ।
सेन्टरमा एकै पटक एक सय जनाभन्दा धेरै खेलाडीले अभ्यास गर्न सक्नेछन् । सेन्टरमा खेलकुद क्षेत्रलाई आवश्यक पर्ने अत्याधुनिक प्रविधिसहितको ३१ वटा उपकरण राखिएको छ ।
अमेरिका, बेलायत, जर्मनी, दक्षिण कोरियालगायतका देशबाट उपकरण ल्याइएको हो । ती उपकरणले खेलाडीमा देखिएको समस्या र कमी–कमजोरी पत्ता लगाउन सहयोग पुग्ने राखेपको विश्वास छ ।
प्रकाशित समय : १८:३८ बजे




















