global ime bank Long Banner Ad

गृहपृष्ठ युक्रेनमाथि रुसको ठूलो आक्रमण, ट्रम्पले गरे पुटिनको आलोचना

युक्रेनमाथि रुसको ठूलो आक्रमण, ट्रम्पले गरे पुटिनको आलोचना

युक्रेनमाथि रुसको ठूलो आक्रमण, ट्रम्पले गरे पुटिनको आलोचना

युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसले अहिलेसम्मकै सबैभन्दा ठूलो हवाई हमला गरेको बताएका छन्। जेलेन्स्कीले रुसले युक्रेनका केही सहरलाई निशाना बनाएर ७२८ ड्रोन र १३ क्रूज वा ब्यालिस्टिक मिसाइल प्रहार गरेको बताएका हुन्।

जेलेन्स्कीले आक्रमणको निन्दा गर्दै भने,‘यो ठ्याक्कै त्यस्तो समयमा भएको हो जब शान्ति स्थापना र युद्धविराम प्राप्त गर्न धेरै प्रयास भइरहेका छन्। तर यी सबै प्रयासलाई निरन्तर अस्वीकार गर्ने रुस मात्र हो।’

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले युक्रेनलाई थप हतियार पठाउने बताएका बेला यो आक्रमण भएको हो।

मंगलबार अमेरिकी राष्ट्रपतिले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग आफ्नो असन्तुष्टि व्यक्त गरेका थिए।

 

प्रकाशित समय : २०:२९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु