global ime bank Long Banner Ad

गृहपृष्ठ प्रदेश खेलकुद परिषद् गण्डकीद्वारा सय खेलाडीलाई सम्मान

प्रदेश खेलकुद परिषद् गण्डकीद्वारा सय खेलाडीलाई सम्मान

प्रदेश खेलकुद परिषद् गण्डकीद्वारा सय खेलाडीलाई सम्मान

प्रदेश खेलकुद परिषद् गण्डकीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलमा पदक विजेता झन्डै एक सय खेलाडीहरुलाई सामूहिक सम्मान गरेको छ।

चालु आव २०८१/०८२ मा राष्ट्रिय–अन्तर्राष्ट्रिय-जुनियर यू–१४-राष्ट्रपति रनिङ शिल्ड पदक विजेताहरुलाई नगदसहित सम्मान गर्नुका साथै उनीहरुको खेल प्रदर्शन आधारमा छात्रवृत्तिसमेत प्रदान गरेको छ।

परिषद्ले बुधबार एक समारोह आयोजना गरी खेलाडीलाई सम्मान एवं छात्रवृत्तिवापत साढे १८ लाख खर्चेको हो।

एथलेटिक्सकी नारायणी भण्डारी सर्वोत्कृष्ट खेलाडीको रुपमा सम्मानित भइन्। पोखराकी भण्डारीले हालै मात्रै १५ औँ राष्ट्रपति रनिङ शिल्डमा दौडमा कीर्तिमान कायम गरेकी थिइन्।

उनले छात्रा ८०० मिटर दौड २ मिनेट १७.९ सेकेन्डमै पूरा गर्दै यसअघि २०५७ सालमा टीका चौधरीको कीर्तिमान भंग गरेकी थिइन्। सोही प्रतियोगितामा १५०० मिटर दौडमा स्वर्ण र रिले दौडमा रजत पदक हात पारेकी थिइन्। उनले सम्मानवापत नगद ४३ हजार प्राप्त गरिन्।

यसैगरी, परिषद्ले वर्ष सर्वोत्कृष्ट खेल संघमा प्रादेशिक क्रिकेट संघ गण्डकी र प्रदेश हक्की संघलाई सम्मान गरेको छ।

परिषदले यस वर्ष अन्तर्राष्ट्रियस्तरको प्रतियोगितामा पदक विजेता १६ जना खेलाडीलाई जनही १७ हजार र सहभागीलाई जनही १० हजारका दरले नगद पुरस्कार वितरण गरेको छ।

स्नातक तहमा अध्ययनरत ४ जनालाई जनही २७ हजार, कक्षा ११-१२ मा अध्ययनरतलाई जनही २२ हजार र कक्षा १० सम्म अध्ययनरत् जुनियर खेलाडी २१ जनालाई १७ हजारका दरले छात्रवृत्ति प्रदान गरेको छ।

प्रकाशित समय : २०:१९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु