गृहपृष्ठ ‘साम्बा’ सहित १० महिला फुटबलर सम्मानित
‘साम्बा’ सहित १० महिला फुटबलर सम्मानित
राष्ट्रिय महिला फुटबल टोलीका कप्तान तथा सर्वाधिक गोलकर्ता सावित्रा भण्डारी ‘साम्बा’ सहित १० जना खेलाडीलाई बुधबार नगद पुरस्कारसहित सम्मान गरिएको छ।
हालै सम्पन्न एएफसी वुमेन्स एसियन कप छनोटमा गरेको उत्कृष्ट प्रदर्शनको कदर गर्दै उनीहरू अध्ययनरत द इन्साइट भिजन सेकेन्डरी स्कुल र राजधानी क्याम्पसले उनीहरूलाई पूर्ण छात्रवृत्तिसहित सम्मान गरेको हो।
धुम्बाराहीमा आयोजित एक कार्यक्रममा कप्तान ‘साम्बा’, राष्ट्रिय खेलाडीहरू अनिता बस्नेत, रेखा पौडेल, सविता रानामगर, पूजा राना, पूर्वकप्तान अनु लामा, हिराकुमारी भुजेल तथा युवा खेलाडीहरू सावित्री किसान, कुसुम खतिवडा र सुनकला राईलाई जनही १० हजार रुपैयाँ नगद र सम्मानपत्र प्रदान गरिएको थियो।
उनीहरू सबै सोही क्याम्पसमा १८ लाख रुपैयाँभन्दा बढीको पूर्ण छात्रवृत्तिमा स्नातक तह (बीबीएस) अध्ययनरत छन्।
प्रकाशित समय : २०:१२ बजे



















