global ime bank Long Banner Ad

गृहपृष्ठ “अष्ट्रेलियामा क्यान्सरको जोखिम घट्दै, चार दशकमा उल्लेखनीय सुधार”

“अष्ट्रेलियामा क्यान्सरको जोखिम घट्दै, चार दशकमा उल्लेखनीय सुधार”

“अष्ट्रेलियामा क्यान्सरको जोखिम घट्दै, चार दशकमा उल्लेखनीय सुधार”

अष्ट्रेलियामा विगत चार दशकदेखि क्यान्सरको रोकथाम, प्रारम्भिक परीक्षण (स्क्रिनिङ) र आधुनिक उपचारमा गरिएको निरन्तर लगानीका कारण दुई लाख ३० हजारभन्दा बढी नागरिकको ज्यान जोगिन सफल भएको एक अध्ययनले देखाएको छ ।

मंगलबार सार्वजनिक गरिएको अध्ययन अष्ट्रेलियन एन्ड न्यूजिल्याण्ड जर्नल अफ पब्लिक हेल्थमा प्रकाशित भएको हो । अध्ययनका अनुसार धूमपान विरुद्धका अभियानहरूले फोक्सोको क्यान्सरबाट हुने मृत्युमा उल्लेखनीय कमी ल्याएका छन् । साथै, स्तन, पाठेघरको मुख र पेटको क्यान्सरको प्रारम्भिक पहिचान र सुधारिएको उपचारले पनि मृत्युदरमा उल्लेखनीय गिरावट ल्याएको छ ।

अनुसन्धानको नेतृत्व गरेकी क्यान्सर काउन्सिल भिक्टोरियाकी क्यान्सर महामारी विज्ञ उपप्रमुख ब्रिजिड लिंच भनिन्, “हामीले विगतका दशकहरूमा स्वास्थ्य क्षेत्रमा गरेका लगानीहरूको सकारात्मक परिणाम अहिले देखिन थालेको छ । यो क्रमशः प्रभाव बढ्दै जाने प्रक्रिया हो ।”

अध्ययन अनुसार, सन् १९८० यता पुरुषमा क्यान्सरबाट मृत्यु हुने जोखिम २० प्रतिशतले र महिलामा ११ प्रतिशतले घटेको छ । तर, अध्ययनले जिगर र मस्तिष्कको क्यान्सरबाट हुने मृत्यु दर भने अझै बढ्दो क्रममा रहेको चेतावनी दिएको छ। यस वृद्धि पछाडि मुख्यतः अनुचित जीवनशैली र दीर्घकालीन संक्रमणहरू जिम्मेवार देखिएका छन् ।

विशेषज्ञहरूका अनुसार, अष्ट्रेलियाको बुढ्यौली जनसंख्या तीव्र गतिमा बढिरहेको हुँदा सन् २०४४ सम्ममा क्यान्सरका बिरामीहरूको संख्या ५० प्रतिशतले वृद्धि हुने अनुमान गरिएको छ । त्यसैले, उनीहरूले क्यान्सर नियन्त्रणका कार्यक्रमहरूमा अझ व्यापक र दीर्घकालीन लगानी गर्न सरकारलाई आग्रह गरेका छन् ।

प्रकाशित समय : २०:०८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु