global ime bank Long Banner Ad

गृहपृष्ठ आजको राशिफलः वि.सं. २०८३ असार १८ गते बिहीबार

आजको राशिफलः वि.सं. २०८३ असार १८ गते बिहीबार

आजको राशिफलः वि.सं. २०८३ असार १८ गते बिहीबार

आज वि.सं२०८३ असार १८ गते बिहिवार, ई सं २०२६ जुलाई २, नेपाल सम्बत ११४६ तछलागा द्वितीया, असार कृष्ण द्वितीया, पञ्चाङ्गः वैधृति गर उत्तरषाढा, चन्द्रमा मकर राशिमा, सुर्य मिथुन राशीमा, योगः वैधृति, करणः गर । आज विश्व खेलकुद पत्रकार दिवस पनि हो । आज नेपालमा सुर्योदय बिहान ५ः१३ मिनेटमा र सूर्यास्त साँझ ७ः०२ मिनेटमा हुनेछ ।

आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा दही खाएर जुनसुकै दिशाको यात्रा गरे पनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ६ बजेर २७ मिनेटदेखि ९ बजेर २४ मिनेट सम्म रहेको छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

ज्ञान र अनुभव विस्तार हुने दिन छ। गुरु तथा साथीभाइसँगको छलफलले नयाँ सोच र दृष्टिकोण विकास हुनेछ। शान्त स्वभाव र परोपकारी भावना बढ्नेछ। ठूलाबडाको सहयोगले रोकिएका काम पनि बन्न सक्छन्। आफ्नो क्षमता प्रदर्शन गर्दै कार्यक्षेत्रमा राम्रो छाप छोड्न सकिनेछ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

विचारमा मतभेद हुन सक्ने भएकाले आफ्नो धारणा स्पष्ट राख्नु उपयुक्त हुनेछ। हतार वा लापरबाहीका कारण लड्ने–चिप्लने सम्भावना रहेकाले सावधानी अपनाउनुहोस्। आर्थिक लेनदेनमा दबाब आए पनि सम्झौतामा हतार नगर्नु राम्रो हुन्छ। धैर्य गरे परिस्थितिमा क्रमशः सुधार आउनेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

पारिवारिक भ्रमण वा भविष्यको यात्राको योजना बन्न सक्छ। छोराछोरीको साथ र समर्थन प्राप्त हुनेछ। नयाँ साथी बन्ने, नयाँ विषय सिक्ने तथा रचनात्मक ऊर्जा बढ्ने दिन हो। प्रियजनसँगको भेटघाटले मन प्रसन्न रहनेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

कार्यस्थलमा वरिष्ठ वा सेवाग्राहीसँग सामान्य असमझदारी हुन सक्छ। विवादभन्दा संवादलाई प्राथमिकता दिनु बुद्धिमानी हुनेछ। मनमा द्विविधा र चिडचिडापन बढ्न सक्ने भएकाले संयम अपनाउनुहोस्। स्वास्थ्य राम्रो रहनेछ भने आकस्मिक यात्राले लाभ दिलाउन सक्छ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

अघिल्ला कमजोरीबाट सिकेर नयाँ योजनामा अघि बढ्ने समय हो। पुराना साथीभाइ वा परिवारसँग रमाइलो भेटघाट हुनेछ। अध्ययन, सिर्जनशीलता र सीप प्रदर्शनबाट सफलता मिल्ने सम्भावना छ। गुरु वा वरिष्ठको साथले आत्मविश्वास बढ्नेछ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

दाम्पत्य जीवन सुखद रहनेछ र परिवारमा शान्ति कायम हुनेछ। तर, निर्णय लिन केही अन्योल हुन सक्छ। आवेगमा निर्णय नगरी सोचविचार गरेर अघि बढ्नु उपयुक्त हुनेछ। केही समय आफ्नै लागि छुट्याउँदा मानसिक शान्ति प्राप्त हुनेछ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

मित्रसँगको भेटघाटका कारण प्रियजनलाई पर्याप्त समय दिन नसकिए पनि व्यक्तिगत काम सफल हुनेछ। शुभ समाचार प्राप्त हुने सम्भावना छ। साझेदारीका काममा सफलता मिल्नेछ। प्रविधि, खेलकुद सामग्री वा निर्माणसम्बन्धी क्षेत्रमा लाभ हुन सक्छ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

आफ्ना विचार स्पष्ट रूपमा व्यक्त गर्न सके प्रतिष्ठा बढ्नेछ। सञ्चार र सामाजिक सञ्जालमा व्यस्तता बढ्न सक्छ। बोल्दा शब्द चयनमा विशेष ध्यान दिनुहोस्। आम्दानी भए पनि खर्चमा संयम अपनाउनु आवश्यक छ। वरिष्ठको विश्वास जित्न सफल हुनुहुनेछ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

उत्साह र आत्मविश्वास बढ्ने दिन हो। सफलता प्राप्त गर्न मेहनत आवश्यक हुनेछ। अध्ययन र प्रतिस्पर्धामा राम्रो नतिजा आउने सम्भावना छ। व्यक्तिगत उन्नतिको समाचारले मन प्रसन्न हुनेछ। जीवनसाथी वा प्रियजनबाट सहयोग र शुभकामना प्राप्त हुनेछ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

खर्च बढ्ने र मानसिक अस्थिरता महसुस हुन सक्छ। साथीभाइको सहयोगले काममा सुधार आउनेछ। यात्रा वा कानुनी विषयमा सावधानी अपनाउनुहोस्। नयाँ योजना सुरु गर्ने वा ठूलो खरिद गर्ने दिन अनुकूल देखिँदैन। खर्च सोचविचार गरेर गर्नु उचित हुनेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

आर्थिक लाभको राम्रो सम्भावना छ। रोकिएका काम बन्नेछन् र व्यापार–व्यवसायमा प्रगति हुनेछ। दाजुभाइ तथा दिदीबहिनीसँग सहयोग आदानप्रदान हुनेछ। आफन्तसँग सम्पर्क बढाउने दिन रहेको छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

प्रतिष्ठा र सम्मान बढ्ने समय हो। वरिष्ठ तथा मान्यजनको आशीर्वादले काममा सफलता मिल्नेछ। जिम्मेवारी बढ्न सक्ने भएकाले योजनाबद्ध रूपमा काम गर्नु आवश्यक छ। कार्यव्यस्तताका बीच परिवार र प्रियजनका लागि पनि समय निकाल्नु राम्रो हुनेछ।

प्रकाशित समय : ०६:४४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु