global ime bank Long Banner Ad

गृहपृष्ठ निजामती सेवा विधेयकको प्रतिवेदन त्रुटी छानबिन विशेष समितिको बैठक भोलीका लागि स्थगित

निजामती सेवा विधेयकको प्रतिवेदन त्रुटी छानबिन विशेष समितिको बैठक भोलीका लागि स्थगित

निजामती सेवा विधेयकको प्रतिवेदन त्रुटी छानबिन विशेष समितिको बैठक भोलीका लागि स्थगित

काठमाडौं । संघीय निजामती सेवा विधेयकको प्रतिवेदनमा भएको त्रुटी छानबिन विशेष समितिको बैठकले कार्यविधिलाई अन्तिम रुप दिने निर्णय गरेको छ ।

बुधबार संघिय संसद सचिवालय राज्य व्यवस्था तथा सुशासन समितिको सभाहलमा बसेको बैठकबाट कार्यविधिअन्तिम चरणमा पुगेको र अब यसलाई अन्तिम रुप दिने प्रक्रियामा अगाडि बढेको समिति संयोजक जीवन परियारले जानकारी दिएका छन् ।

उनले भने, ‘आज भएको छानबिन समितिको बैठकमा हिजो छलफल गरेको कार्यविधिका बारेमा नै छलफल गरेका छौ । त्यो कार्यविधि अन्तिम चरणमा पुगेको छ । अबको काम कसरी अगाडी बढाउने भन्ने बारेमा पनि छलफल भएको छ ।

आजको बैठकले कार्यविधिलाई अन्तिम रुप प्रदान गर्ने निर्णय गरेको छ ।’
उनले समितिको अर्को बैठक भोली १२: १५ मा बस्ने तय भएको पनि बताएका छन् ।

सोमबार बसेको प्रतिनिधिसभा बैठकले संघीय निजामती सेवा विधेयकमा उल्लेख कुलिङ अफ पिरियडमा भएको छेडखानीको अध्ययन तथा छानविन गर्न सात सदस्यीय संसदीय विशेष समिति गठन गरेको थियो ।

समितिमा कांग्रेसबाट सांसदहरू जीवन परियार र सुशीला थिङ, एमालेबाट ईश्वरी घर्ती र नारायण प्रसाद आचार्य, माओवादी केन्द्रबाट माधव सापकोटा, रास्वपाबाट गणेश पराजुली र राप्रपाबाट रोशन कार्की रहेको छ ।

प्रकाशित समय : १९:२६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु