global ime bank Long Banner Ad

गृहपृष्ठ वाइसिएलले श्रम तथा उत्पादन अभियान चलाउने

वाइसिएलले श्रम तथा उत्पादन अभियान चलाउने

वाइसिएलले श्रम तथा उत्पादन अभियान चलाउने

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को सहायक सङ्गठन वाइसिएल नेपालले दुई महिने ‘श्रम तथा उत्पादन अभियान’ सञ्चालन गर्ने भएको छ । बुधबार बसेको केन्द्रीय समितिको दोस्रो पूर्ण बैठकले आगामी साउन १ गतेदेखि उक्त अभियान सञ्चालन गर्ने निर्णय गरेको अध्यक्ष पुष्प ओलीले जानकारी दिए ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अभियानको उद्घाटन गर्ने वाइसिएलले जनाएको छ । बैठकमा इन्चार्ज रामप्रसाद सापकोटाले सङ्गठनले गरेका निर्णय कार्यान्वयन गर्न र अभियानलाई सफल पार्न आग्रह गरे । वाइसिएलले विपद् व्यवस्थापनमा सक्रियरूपमा खटिइने गरी विपद् व्यवस्थापन समूहसमेत गठन गरेको छ ।

यसैगरी वाइसिएलले वैदेशिक रोजगारमा हुने ठगी, सरकारी कार्यालय तथा निर्माण परियोजनामा हुने ढिलासुस्तीलगायत विरुद्ध दबाबमुलक अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । त्यसैगरी १६ देखि २५ वर्ष उमेर समूहका युवालाई लिएर ‘पोलिटिकल युथ कन्सर्ट’ आयोजना गर्ने वाइसिएलको तयारी छ ।

प्रकाशित समय : १९:१२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु