global ime bank Long Banner Ad

गृहपृष्ठ प्रतिनिधिसभामा बालबालिकासम्बन्धी (पहिलो संशोधन) विधेयक प्रस्तुत

प्रतिनिधिसभामा बालबालिकासम्बन्धी (पहिलो संशोधन) विधेयक प्रस्तुत

प्रतिनिधिसभामा बालबालिकासम्बन्धी (पहिलो संशोधन) विधेयक प्रस्तुत प्रतिनिधिसभा बैठक काठमाडौँ, २८ फागुनः नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा बुधबार बसेको प्रतिनिधिसभा बैठक । तस्बिरः प्रदीपराज वन्त÷रासस प्रतिनिधिसभा बैठक काठमाडौँ, २८ फागुनः नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा बुधबार बसेको प्रतिनिधिसभा बैठक । तस्बिरः प्रदीपराज वन्त÷रासस

प्रतिनिधिसभामा ‘बालबालिकासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८२’ प्रस्तुत भएको छ । सभाको आजको बैठकमा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवलकिशोर साह सुडीले उक्त विधेयक प्रस्तुत गरे ।

त्यसक्रममा मन्त्री सुडीले बाललिकाका लागि संविधान प्रदत्त मौलिक हकको कार्यान्वयन गर्नका लागि सो सम्बन्धी ऐनलाई समसामयिक परिमार्जन गर्न आवश्यक भएको बताए । “बाल न्याय प्रणालीलाई सहज, सरल र बालमैत्री बनाउन तथा बाल संरक्षण प्रणालीलाई संस्थागत र सुदृढ गर्दै बालअधिकारको सबै पक्षलाई सन्तुलन कायम गर्न आवश्यक परेकाले उक्त विधेयक संशोधन गर्न लागिएको हो”, मन्त्री सुडीले भने ।

 

प्रकाशित समय : १८:०६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु