global ime bank Long Banner Ad

गृहपृष्ठ लुम्बिनी विकास बैंक लि. को १८ औं बार्षिकोत्सव कार्यक्रम सम्पन्न

लुम्बिनी विकास बैंक लि. को १८ औं बार्षिकोत्सव कार्यक्रम सम्पन्न

लुम्बिनी विकास बैंक लि. को १८ औं बार्षिकोत्सव कार्यक्रम सम्पन्न

लुम्बिनी विकास बैंक लिमिटेडले १८ औं वार्षिकोत्सवको उपलक्ष्यमा विभिन्न कार्यक्रमहरु गरेको छ ।
बैंकले वार्षिकोत्सवको अवसरमा आज केन्द्रिय कार्यालय डिल्लीबजार तथा शाखा कार्यालय न्युरोड पोखरामा रक्तदान कार्यक्रमको आयोजना गरे । उक्त रक्तदान कार्यक्रममा १५६ जना रक्तदाताले रक्तदान गरे । बैंकले २० वर्ष भन्दा बढी विभिन्न तह र जिम्मेवारीमा रहि सेवा प्रदान गर्दै आएका कर्मचारीलाई सम्मान पनि गरे । सञ्चालक समितिका सदस्यहरु र ब्यवस्थापनको उपस्थितिमा बैंकका अध्यक्ष चिन्तामणी भट्टराई र का.मु. प्रमुख कार्यकारी अधिकृत उमेश रेग्मीले सयुक्तरुपमा कर्मचारीलाई दीर्घ सेवा पदक र मायाको चिनो प्रदान गरे ।

बैंकका का.मु. प्रमुख कार्यकारी अधिकृत उमेश रेग्मीले उपस्थित सम्पुर्णमा शुभ कामना सहित स्वागत मन्तब्य राखे । सञ्चालक केशव खतिवाडाले शुभकामना मन्तव्य व्यक्त गरेको थियो । साथै अध्यक्ष चिन्तामणी भट्टराईले सम्पुर्ण ग्राहक, शेयरधनी तथा कर्मचारीहरुलाई शुभकामना प्रदान गरे ।
देशका ७ वटै प्रदेशमा शाखा सञ्चालन गरि कारोबार गर्दै आइरहेको लुम्बिनी विकास बैंक लिमिटेडको बिभिन्न स्थानहरुमा गरी ८९ वटा शाखा कार्यालयहरु तथा एक विस्तारित शाखा (एक्सटेन्सन काउण्टर) स्थापना भएको छ । यस लुम्बिनी विकास बैंक लिमिटेडले “निरन्तर सहयात्रा” भन्ने नाराका साथ उच्चस्तरीय, आधुनिक एवं नविनतम प्रविधिहरु सहितको सुरक्षित बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ ।

प्रकाशित समय : १८:०६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु