global ime bank Long Banner Ad

गृहपृष्ठ भारी वर्षाका कारण दाङसहित विभिन्न जिल्लामा सतर्कता अपनाउन आग्रह

भारी वर्षाका कारण दाङसहित विभिन्न जिल्लामा सतर्कता अपनाउन आग्रह

भारी वर्षाका कारण दाङसहित विभिन्न जिल्लामा सतर्कता अपनाउन आग्रह

पश्चिम नेपालमा भारी वर्षा भैरहेको छ । यसै कारण दाङसहित देशका विभिन्न जिल्लामा सतर्कता अपनाउन आग्रह गरिएको छ । गएरातिको वर्षाका कारण पुवी क्षेत्रका नदी र खोलामा पानीको बहाव बढेको छ ।

बाढी पूर्वानुमान महाशाखाले बाढी, डुवान र पहिरोको जोखिम रहेको भन्दै तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । नदी, खोलामा पानीको बहाव अझै बढ्न सक्ने सम्भावना रहेकोले सावधानी अपनाउन भनिएको हो । काठमाण्डौ उपत्यकाको बागमती नदीको खोकना र मनोहरा जलमापन केन्द्रले सतर्कता तह पार गरिसकेको र जलसतह अझै बढ्दो क्रममा रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

काठमाडौ उपत्यका र आसपासका क्षेत्रमा पनि गएराति ठूलो पानी परेको थियो । रातभरिको अविरल वर्षाको कारण विष्णुमतीअन्तर्गतको गोङ्गबु र बागमतीको गौरीघाट क्षेत्रमा पानीको सतह खतराको तह पार गरिसकेको छ ।

देशभर थप वर्षा हुन सक्ने भएकोले नदी तथा खोलामा पानीको सतह बढ्दो क्रममा रहेको भन्दै डुबान, आकश्मिक बाढी र पहिरोको जोखिम भएका सबै क्षेत्रमा विशेष सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

जोखिम भए सुरक्षित ठाउँमा सर्न र नदी किनारमा नजान महाशाखाको अनुरोध छ । आज गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको एकदुई ठाउँमा ठूलो पानी पर्न सक्ने सम्भावना छ ।

 

प्रकाशित समय : १०:५८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु