global ime bank Long Banner Ad

गृहपृष्ठ रसुवा बाढी अपडेटः प्रहरी सहायक निरीक्षकसहित नौ जनाको शव फेला

रसुवा बाढी अपडेटः प्रहरी सहायक निरीक्षकसहित नौ जनाको शव फेला

रसुवा बाढी अपडेटः प्रहरी सहायक निरीक्षकसहित नौ जनाको शव फेला

रसुवामा मंगलबार गएको बाढीमा परेकामध्ये नौ जनाको शव फेला परेको छ । राति एकजनाको शव चितवनमा भेटिएसँगै मृत्यु हुनेको सङ्ख्या नौ पुगेको हाे ।

प्रहरी प्रधान कार्यालयले उपलब्ध गराएको पछिल्लो विवरणअनुसार अझै १९ जना बेपत्ता रहेका छन् । उक्त बाढीमा परेर रसुवाबाट हराइरहेका प्रहरी सहायक निरीक्षक लालबहादुर श्रेष्ठको शव चितवनको १५ किलोस्थित त्रिशूली नदी किनारमा फेला परेको हो ।

कूल २० जना बेपत्ता रहेकामा उनको शव फेला परेपछि अब १९ जना बेपत्ता रहेका प्रहरीको केन्द्रीय प्रवक्ता, प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले जानकारी दिए । उनका अनुसार दुई प्रहरी, छ जना चिनियाँ नागरिक र ११ जना सर्वसाधारण बेपत्ता छन् । यस्तै ५७ जनाको उद्धार भएको प्रहरीले सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।

प्रकाशित समय : १०:२८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु