गृहपृष्ठ कर्णालीमा सङ्गठन संरचना प्रतिवेदन कार्यान्वयन गर्न चार सदस्यीय समिति गठन
कर्णालीमा सङ्गठन संरचना प्रतिवेदन कार्यान्वयन गर्न चार सदस्यीय समिति गठन
कर्णाली प्रदेश सरकारले सङ्गठन संरचना प्रतिवेदन कार्यान्वयन एवं सहजीकरण गर्नका लागि चार सदस्यीय समिति गठन गरेको छ ।
आज बसेको मन्त्रिपरिषद्ले बैठकले कर्णाली प्रदेश सरकारद्वारा गठित सङ्गठन संरचना अध्ययन उच्चस्तरीय समितिले प्रदेश सरकारलाई बुझाएको सुझाव प्रतिवेदन कार्यान्वयन एवं सहजीकरण गर्न समिति गठन गरेको हो ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय शासकीय सुधार महाशाखाका सचिव लक्ष्मीकुमार विकको संयोजकत्वमा उक्त समिति गठन गरेको प्रदेश सरकारका प्रवक्ता एवं भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री विनोदकुमार शाहले जानकारी दिए ।
प्रवक्ता शाहका अनुसार समितिको सदस्यहरूमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका कानुन सचिव वीरेन्द्र केसी, आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव रविलाल शर्मा रहेका छन । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपसचिव विधाप्रसाद उपाध्याय सदस्य सचिव रहेको जनाइएको छ ।
प्रकाशित समय : २०:५० बजे



















