global ime bank Long Banner Ad

गृहपृष्ठ पूर्वी चीनमा आँधीको चेतावनी जारी

पूर्वी चीनमा आँधीको चेतावनी जारी

पूर्वी चीनमा आँधीको चेतावनी जारी

पुर्वी चीनको झेजियाङ्ग प्रान्तमा सोमबार डानस नामक आँधीका कारण जनजीवन प्रभावित हुनसक्ने चेतावनी जारी गरिएकोे छ । चीनमा यो वर्षको चौथो आँधी हो ।

प्रान्तको मौसम विज्ञान विभागका अनुसार डानस ताइवानको चियाई सहरको तटमा अवतरण गरेपछि उत्तरतर्फ अघि बढ्ने क्रम जारी रहेको छ ।

समुद्रको मध्य क्षेत्रमा अवतरण भएको यो आँधीले जुलाई–८ मा झेजियाङको ताइझोउ र छिमेकी फुजियान प्रान्तको फुझोउ बीचको तटमा पुनः जनजीवन प्रभावित पार्ने अपेक्षा गरिएको छ ।

डानासका कारण जुलाई ७ देखि ९ सम्म, मध्य र दक्षिणी झेजियांङ साथै नजिकैको तटीय क्षेत्रहरूमा ६० देखि ९० मिलिमिटर वर्षा हुने अपेक्षा गरिएको छ भने केही क्षेत्रहरूमा ३५० मिलिमिटर भन्दा बढी वर्षा हुने सम्भावना छ ।

झेजियाङका सबै तटीय क्षेत्र र विभागहरूलाई आँधीकोे मार्गलाई सावधानीपूर्वक निगरानी गर्न, संयुक्त परामर्शलाई बलियो बनाउन र आकस्मिक योजना अनुरूप रोकथामका उपायहरू कार्यान्वयन गर्न आग्रह गरेको छ ।

प्रकाशित समय : १५:२० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु