global ime bank Long Banner Ad

गृहपृष्ठ मुगुमा भेडा–बाख्रा पालनमा कृषक उत्साहित

मुगुमा भेडा–बाख्रा पालनमा कृषक उत्साहित

मुगुमा भेडा–बाख्रा पालनमा कृषक उत्साहित

मुगु । मुगुका २सय ९० जना भेडा–बाख्रा पालक किसानलाई सम्मान गरिएको छ ।

चार स्थानीय तहमा पछिल्लो समयमा आम्दानीको राम्रो स्रोत मानिएको भेडा–बाख्रा पालनमा सक्रिय भूमिका निर्वाह गरेका किसानलाई सम्मान गरिएको हो ।

जिल्लामा विशेषगरी कृषकहरु अन्य पेशा भन्दा भेडा–बाख्रा पालनतिर बढी आकर्षित हुने गरेका छन् ।

कर्णाली प्रदेश सरकारको नीति अनुसार मुगुमा आर्थिक वर्ष २०८१/०८२ मा ५० बढी भेडा–बाख्रा पाल्ने कृषकहरुलाई प्रोत्साहन खर्च प्रति ब्यक्ति १८ हजारका दरले तीन सय जनालाई दिने लक्ष्य भए पनि प्रोत्साहन वापतको लागि जिल्लामा दरखास्त आब्हान गर्दा ७सय ५६ जनाको निबेदन परेको थियो ।

तर फिल्ड अनुगमन गर्दा ८९ जना फेक कृषक भेटिएका थिए । अन्य ५० भन्दा बढी भेडा–बाख्रा पालन गर्ने कृषकहरुको संख्या बढी रहेका हुनाले बजेट अपुग हुने भएकाले सिमित मात्रामा कृषक छनोट गरिएको थियो ।

मुगु भेडा–बाख्रा पाल्नका लागि निकै उपयुक्त हावापानी भएको हुँदा पछिल्लो समय युवाहरु बिदेश जानु भन्दा भेडा–बाख्रा पालन सक्रिय हुने गरेका भेटिन्छन् ।

यसबर्ष मुगुमा भेडाको संख्या ३१ हजार छ भने बाख्रा ७० हजार देखिन्छ । अहिले जिल्लामा भेडा–बाख्रा पालन कृषकहरुको राम्रो आम्दानिको स्रोत बन्दै गएको पशु अस्पताल तथा पशु सेवा कार्यलयका प्रमुख भीमचन्द्र बुढाले बताए ।

छाँयानाथ रारा नगरपालिका १३ थार्पका कर्णसिंह बोहोराका अनुसार भेडा–बाख्राको ऊनबाट घरमा प्रयोग हुने कम्वल,राडीपाखी भए पनि निर्माण गरिने तर बजार मूल्यको अभाव रहेको छ । आगामी दिनमा थप प्रभावकारी कार्यक्रम ल्याउन उनले माग समेत राखेका छन् ।

पछिल्लो समयमा बजारमा मासुको मूल्य बृद्धि हुदै जाने तर भेडा–बाख्राको मूल्यमा कम हुनुमा विचौलियाहरुका कारण भएको स्थानीयको आरोप छ ।

विचौलियाले बढी फाइदा खाने भएको हुँदा कृषकहरुले उत्पादन गरेका तरकारी, पशुपालन लगायत अन्य खेती गर्दै आएका कृषकहरु मारमा परेको दुखेको छाँयानाथ रारा नगरपालिका–६ का रुप बहादुर सेजुवालको छ ।

प्रकाशित समय : १४:५८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु