global ime bank Long Banner Ad

गृहपृष्ठ रूसमा नयाँ सवारीसाधनको बिक्रीमा उल्लेखनीय गिरावट

रूसमा नयाँ सवारीसाधनको बिक्रीमा उल्लेखनीय गिरावट

रूसमा नयाँ सवारीसाधनको बिक्रीमा उल्लेखनीय गिरावट

रुसको उद्योग तथा व्यापार मन्त्रालयले सन् २०२५ को पहिलो छ महिनामा नयाँ सवारीसाधनको बिक्री गत वर्षको सोही अवधिको तुलनामा करिब २८ प्रतिशतले घटेर छ लाख सात हजार पाँच सय युनिटमा झरेको जानकारी दिएको छ । यस अवधिमा यात्रु सवारी, साना व्यवसायिक सवारी तथा यात्रुबाहक बसहरू बिक्री भएका छन् ।

घरेलु रूपमा उत्पादन भएका सवारीसाधनमध्ये करिब तीन लाख ३३ हजार तीन सय युनिट मात्र बिक्री भएको र यो सङ्ख्या गत वर्षको तुलनामा करिब ११ प्रतिशतले कमि आएको मन्त्रालयले जनाएको छ ।

बिक्रीमा यात्रु सवारी २६ प्रतिशत, साना व्यवसायिक सवारी १९ प्रतिशत र यात्रुबाहक बस ५४ प्रतिशतले घटेका छन् । यसैगरी, जुन महिनामा मात्र नयाँ सवारीसाधनको बिक्री गत वर्षको सोही महिनाको तुलनामा ३१ प्रतिशतले घटेको र अघिल्लो महिनाको तुलनामा दुई प्रतिशतले कमि आएको मन्त्रालयले जनाएको छ । जुन महिनामा करिब एक लाख एक हजार युनिट नयाँ सवारीसाधन बिक्री भएका थिए ।

प्रकाशित समय : २०:२७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु