गृहपृष्ठ १०निर्माण व्यवसायीलाई कालो सूचीमा राख्न सिफारिस,७ दिने स्पष्टीकरण माग
१०निर्माण व्यवसायीलाई कालो सूचीमा राख्न सिफारिस,७ दिने स्पष्टीकरण माग
काठमाडौं। सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न १०निर्माण व्यवसायी र आपूर्तिकर्तालाई सात दिने लिखित स्पष्टीकरण सोधेको छ ।
कार्यालयले आजएक सूचना जारी गरी कालो सूचीमा राख्ननपर्नेको कारण सहित सातदिन भित्र लिखित स्पष्टीकरण पेशगर्न भनेको हो । कार्यालयले विभिन्न सार्वजनिक निकायहरूबाट कालो सूचीमा राख्न निवेदन परेकोले कालो सूचीमा राख्नन पर्ने आधार प्रमाणभए सूचना प्राप्त भएको मितिले ३० दिन भित्र यस कार्यालयमा लिखित स्पष्टी करण पेस गर्नू भनी निजहरूको ठेगानामा सूचना पठाइएकोमा हाल सम्म लिखित स्पष्टी करण पेस नभएकोले सात दिनभित्र स्पष्टी करण पेस गर्न पुन सूचना जारी गरिएको हो ।
कालो सूचीमा सिफारिस भएका निर्माण व्यवसायी र आपूर्ति कर्ता
१.श्री शिवम कन्स्ट्रक्सन नेपाल गञ्ज
२ श्री ग्यालेक्सी कन्स्ट्रक्सन एन्ड सप्लायर्स प्रा.लि. टोखा ९, काठमाडौँ
३.श्री जय मयुरी ट्रेडिङ प्रा.लि. पीपल चोक, मोरङ
४.श्री पूर्णागिरि निर्माण सेवा अमर गढी८, डडेल्धुरा
५.श्री जि.बि. मेटलक्राफ्ट एन्ड सप्लायर्स प्रा.लि.वीरगञ्ज, पर्सा
६.श्री सिल्क/सिनोम्याक/ग्लोबलम्याटिक्स ÷विधजे.भी.कुपण्डोल, ललितपुर
७.श्री यू एण्डआईर हिमचुली जे।भी। ठूलीभेरी०३, डोल्पा
८.श्री दुर्गा निर्माण सेवा सोरहवा०८, बर्दिया
९.श्री दिपज्योती निर्माण सेवा बरियार पट्टी०१, सिराहा
१०.M/S Sahayogi Contractors and Trading Company Pvt. Ltd.
प्रकाशित समय : १०:०८ बजे


















