गृहपृष्ठ अमेरिकाले भियतनामसँग गर्‍यो व्यापार सम्झौता

अमेरिकाले भियतनामसँग गर्‍यो व्यापार सम्झौता

अमेरिकाले भियतनामसँग गर्‍यो व्यापार सम्झौता

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भियतनामसँग नयाँ व्यापार सम्झौताको घोषणा गरेका छन् ।

यस सम्झौताअन्तर्गत अमेरिकाले भियतनामबाट आयात हुने सामानमा २० प्रतिशत कर लगाउनेछ । ट्रम्पले सामाजिक सञ्जालमा भनेका छन्, “यो सम्झौताअनुसार भियतनामले अमेरिकी सामानमा कुनै पनि शुल्क लगाउने छैन ।”

यसअघि अमेरिकाले भियतनामबाट आयात हुने सामानमा ४६ प्रतिशत भन्सार शुल्क लगाएको थियो । यो जुलाईको दोस्रो हप्तामा लागू हुने भनिएको थियो ।

युरोपेली संघ र जापानलगायत दर्जनौं देशहरू हाल अमेरिकी भन्सार लागू हुनुभन्दा पहिले अमेरिकासँग व्यापार सम्झौता गर्न प्रयासरत छन् ।

प्रकाशित समय : ११:१३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु