काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

एभरेष्ट बैंकले चिनो हाइड्रोमा एक अर्ब ३६ करोड ऋण लगानी गर्ने

1.52K
shares

एभरेष्ट बैंक र चिनो हाइड्रोपावरबिच चिनो खोलामा ७.८३ मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माण गर्न एक अर्ब ३६ करोड ऋण लगानी गर्ने सहमति भएको छ।

सहमतिपत्रमा एभरेष्ट बैंकका कार्यकारी प्रमुख सुदेश खालिङ र चिनो हाइड्रोपावरका अध्यक्ष विजयबहादुर श्रेष्ठद्वारा हस्ताक्षर गरेका छन्।

नासोङ गाउँपालिका, मनाङस्थित उक्त परियोजना बुटवल पावर कम्पनीद्वारा प्रवद्र्धित परियोजना हो। यस परियोजना दुई वर्षमा सम्पन्न गर्न चाइनिज ठेकेदारलाई इपिसी मोडेलमा ठेक्का लगाइएको छ।

साथै, यसबाट उत्पादित विद्युत् मनाङ जिल्लाको धारापानीस्थित सबस्टेसनबाट राष्ट्रिय ग्रिडमा जोडिने बताइएको छ।