global ime bank Long Banner Ad

गृहपृष्ठ विनियोजन विधेयकमाथिको छलफल निरन्तर

विनियोजन विधेयकमाथिको छलफल निरन्तर

विनियोजन विधेयकमाथिको छलफल निरन्तर

कोशी प्रदेशसभाको आजको बैठकमा आर्थिक वर्ष २०८२/८३ को सेवा र कार्यका लागि कोशी प्रदेश सञ्चित कोषबाट रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथिको छलफलले निरन्तरता पाएको छ ।

छलफलमा कोशी प्रदेशसभा सदस्यहरु सविना बजगाइँ, निमसरी राजवंशी, राजेन्द्र कार्की, गोम्बु शेर्पा र गीता तिमिल्सिनाले विनियोजन विधेयकले चालु र पुँजीगत खर्चको सन्तुलन मिलाउन नसकेकाले प्रदेशमा अपेक्षित विकास हुन नसक्ने बताए । उनिहरुले बजेटले दीर्घरोगी, अल्पसङ्ख्यक, महिला, दलित वर्गलाई छुन नसकेको, शिक्षा, स्वास्थ्य र उत्पादनका क्षेत्रमा बजेटको व्यवस्था नभएको र टुक्रे योजनामा बजेट विनियोजन भई बहुवर्षीय योजनालाई समेट्न नसकेको भन्दै विनियोजित बजेटले जनताको जीवनस्तर उकास्न नसक्ने धारणा राखेका थिए

विशेष समय

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) संसदीय दलका नेता राजेन्द्रकुमार राईले बजेटको समग्र स्थिति हेर्दा बजेटमा असन्तुलन देखिन्छ भन्दै विनियोजित बजेटमा जम्मा १० प्रहरी भवन निर्माण गर्ने उल्लेख भएकामा पाँच वटा खोटाङमा र पाँच वटा झापामा निर्माण गर्नका लागि बजेटको व्यवस्था हुनु गलत हो । उनले भने क्षेत्रीय असन्तुलनलाई हटाउनकै लागि आएको सङ्घीयतामा प्रदेश सरकारले बनाउने बजेट पनि केन्द्रितकृत जस्तो देखिएको धारणा राख्दै यो बजेटले जनताको मन छुन नसक्ने बताए।

शून्य समय

शून्य समयमा कोशी प्रदेशसभा सदस्य गोपालबहादुर विश्वकर्माले धान रोप्ने समयमा किसानले रासायनिक मल नपाएको बताए। अर्का सदस्य राजन किराँतीले उदयपुरको बेलकामा दुई वर्ष अघि सप्तकोशीले कटान गरी प्रवेश गरेको बाढीबाट बच्न सङ्घीय सरकारले कोशी तटबन्धका लागि  चार करोड बजेट व्यवस्था भएर ठेक्का लाग्दा पनि काम सुरु नभएकोमा प्रदेश सरकारमार्फत सङ्घीय सरकारको ध्यानाकर्षण गराएका थिए।

प्रकाशित समय : १८:५५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु