गृहपृष्ठ धरौटीमा अदालतले रिहा गरे लगत्तै पक्राउ परिन् अमला रोका
धरौटीमा अदालतले रिहा गरे लगत्तै पक्राउ परिन् अमला रोका
६१ किलो सुन तस्करी प्रकरणमा धरौटीमा रिहा भए लगत्तै अमला रोकालाई पक्राउ गरिएको छ ।
काठमाडौँ जिल्ला अदालतले रोकालाई सोमबार २ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो ।
तर, उनलाई सम्पत्ति शुद्धीकरण विभागबाट पनि पत्र आएकाले पक्राउ गरेर पठाइएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का प्रवक्ता एवं एसपी युवराज खड्काले जानकारी दिएका छन् ।
प्रकाशित समय : १८:३६ बजे


















