global ime bank Long Banner Ad

गृहपृष्ठ वडा कार्यालयको पहलमा विपन्नलाई बीमा

वडा कार्यालयको पहलमा विपन्नलाई बीमा

वडा कार्यालयको पहलमा विपन्नलाई बीमा

यहाँको शुक्लाफाँटा नगरपालिका–१० ले सामाजिक उत्तरदायित्व पूरा गर्दै अतिविपन्न ३० परिवारलाई निःशुल्क स्वास्थ्य बिमा गरिदिएको छ । आर्थिक अभावका कारण स्वास्थ्य सेवा पहुँचमा नरहेका परिवारका लागि वडाले वार्षिक एक लाख पाँच हजार बराबरको बिमा प्रिमियम तिरिदिएको हो ।

“आर्थिक अवस्था कमजोर बीमा प्रिमियम तिर्न नसक्ने नागरिकलाई प्राथमिकतामा राखेर बीमामा आबद्ध गराएका छौँ”, वडाअध्यक्ष लालबहादुर ऐरले भने, “वडाले प्रत्येक परिवारलाई रु तीन हजार ५००का दरले पाँच सदस्यको बीमा गराएको छ ।”

विपन्न परिवारलाई स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध गराएपछि स्वास्थ्योपचार खर्चमा हुने आर्थिक भार घट्ने, स्वास्थ्य सेवा पहुँचमा रहेका असमानता हट्ने, गरिब तथा जोखिममा परेका समूहलाई विशेष सुरक्षा प्रदान हुने उनले बताए ।

“एक व्यक्तिको प्रिमियममा पाँच सदस्यसम्म स्वास्थ्य सेवा लिन सक्छन्”, वडा कार्यालयका कर्मचारी केशव जोशीले भने, “दीर्घरोग, सुत्केरी सेवा, आकस्मिक सेवालगायत उपचार हुने कार्यसँगै वार्षिक तीन हजार पाँच सयमा पाँच सदस्य परिवारसम्म र त्यसपछि प्रतिसदस्य रु सात सय अतिरिक्तमा स्वास्थ्य बिमा उपलब्ध गराउने व्यवस्था छ ।”

उनका अनुसार ७० वर्षमाथि, अतिगरिब, अशक्त, अपाङ्गता भएकाहरूले प्रिमियममा पूर्ण छुट पाउँछन् । वडा कार्यालयले आव २०७९÷८० मा ४० अतिविपन्न परिवारको बीमा गराएको थियो । यो पहलले विपन्न नागरिकमा सरकारी सेवाको पहुँच महसुस गराएको स्थानीय बासिन्दाको भनाइ छ ।

स्थानीय बमन रानाले भने, “बीमा गर्न सक्ने हैसियत थिएन, वडाले रकम तिरेपछि हामीजस्ता गरिबलाई उपचारमा राहत मिलेको छ ।”

प्रकाशित समय : ०६:४४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु