global ime bank Long Banner Ad

गृहपृष्ठ २२ किलो लागू औषध सहित एक जना पक्राउ

२२ किलो लागू औषध सहित एक जना पक्राउ

२२ किलो लागू औषध सहित एक जना पक्राउ

रौतहट । बारा प्रहरीले २२ किलो लागू औषध गाँजा सहित एक जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बारा र ईलाका प्रहरी कार्यालय सिमराबाट मंगलवार खटिएको संयुक्त प्रहरी टोलिले लागू औषध गाँजा सहित एक जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बारा जीतपुर सिमरा उप–महानगरपालिका वडा नं.८ लोसण्डा बस्ने वर्ष ४५ को रामपुकार सहनी रहेको प्रहरीले जानकारी दिएको छ ।

जीतपुर सिमरा उप–महानगरपालिका वडा नं.०८ ईम्लिप्रति स्थित फिल्डमा २ वटा बोरामा लैजादै गरेको अवस्थामा बरामद गरिएको बारा प्रहरीले जनाएको छ । लागू औषध गाँजा सहित पक्राउ परेका व्यक्तीलाई नियन्त्रणमा लिई आवश्यक कानूनी कारवाही प्रकृया अगाडी बढाईएको जिल्ला प्रहरी कार्यलय बाराले जनाएको छ ।

प्रकाशित समय : ०८:१० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु