global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ स्कटल्याण्डविरुद्ध टस जितेको नेपालले फिल्डिङ गर्ने

स्कटल्याण्डविरुद्ध टस जितेको नेपालले फिल्डिङ गर्ने

स्कटल्याण्डविरुद्ध टस जितेको नेपालले फिल्डिङ गर्ने

त्रिकोणात्मक ट्वान्टी–२० अन्तरराष्ट्रिय शृङ्खलाको दोस्रो खेलमा नेपालले टस जितेको छ । स्कटल्याण्डविरुद्ध टस जितेको नेपालले पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ ।

स्कटल्यान्डको टिटउट रङ्गशालामा हुन लागेको नेपाल र स्कटल्यान्डबीचको खेल निकै रोचक हुने अपेक्षा गरिएको छ । नेपाल आज पहिलो जितको खोजीमा छ ।

हिजोको पहिलो खेलमा नेपाल नेदरल्यान्ड्ससँग तेस्रो सुपर ओभरमा पराजित भएको थियो ।

अन्तर्राष्ट्रिय क्रिकेट इतिहासमा तेस्रो सुपर ओभरमा गएको यो पहिलो पटक हो । त्यसैगरी स्कटल्यान्ड भने प्रतियोगितामा लगातार दोस्रो जितको खोजीमा छ । स्कटल्यान्डले पहिलो खेलमा नेदरल्यान्डलाई ३९ रनले पराजित गरेको थियो ।

नेपालले टी ट्वान्टी २० अन्तरराष्ट्रिय मान्यता पाएपछि पहिलोेपटक स्कटल्यान्ड्सको सामना गर्न लागेको हो ।

प्रकाशित समय : १९:४६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु