global ime bank Long Banner Ad

गृहपृष्ठ सवा ३ लाख बढी कित्ता शेयर बिक्री गर्दै नेपाल इन्भेस्टमेन्ट मेगा बैंक

सवा ३ लाख बढी कित्ता शेयर बिक्री गर्दै नेपाल इन्भेस्टमेन्ट मेगा बैंक

सवा ३ लाख बढी कित्ता शेयर बिक्री गर्दै नेपाल इन्भेस्टमेन्ट मेगा बैंक

काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले सवा ३ लाख बढी कित्ता शेयर बिक्रीमा राखिएको छ।

बैंकको संस्थापक समूहको ३ लाख ३४ हजार २६९ कित्ता शेयर बिक्रीमा राखिएको हो। यो शेयरमा हाललाई बैंकका संस्थापक शेयरधनीहरुले मात्रै खरिद निवेदन पेस गर्न सक्नेछन्।

इच्छुक संस्थापक शेयरधनीहरुले ३५ दिनभित्र शेयर खरिदका लागिन निवेदन दिनुपर्नेछ। निवेदन काठमाडौंको लाजिम्पाटस्थित बैंकको शेयर शाखामा पेस गर्न सकिनेछ।

तोकिएको अवधिभित्र संस्थापक शेयरधनीहरुबाट शेयर खरिदका लागि निवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई शेयर बिक्री खुला गरिने बैंकले जनाएको छ।

प्रकाशित समय : १९:४२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु