global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ सडक आश्रित मानवमुक्त अभियानमा प्रतिबद्धता

सडक आश्रित मानवमुक्त अभियानमा प्रतिबद्धता

सडक आश्रित मानवमुक्त अभियानमा प्रतिबद्धता default

सुन्दरबजार नगरपालिकाले सडक आश्रित मानवमुक्त नगरपालिका निर्माणका लागि प्रतिबद्धता जनाएको छ । ‘सडक आश्रित मानवमुक्त राष्ट्र निर्माण अभियान’ अन्तरगत मानवसेवा आश्रमले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा नगरपालिकाले सहकार्यको प्रतिबद्धता जनाएको हो ।

अन्तरक्रिया कार्यक्रममा मानव सेवा आश्रम लमजुङकी संयोजक अनिता अधिकारीले अभियानमा सुन्दरबजार नगरपालिकाको साथ र सहकार्य अपरिहार्य रहेको उल्लेख गर्दै प्रस्ताव पेस गरेकी थिइन । कार्यक्रममा नगरप्रमुख कृष्णप्रसाद कोइरालाले मानव सेवा आश्रमको उद्देश्य र अभियान मानवताको उच्चतम रूप भएको उल्लेख गर्दै नगरपालिकाको तर्फबाट पूर्ण साथ र सहयोग रहने बताइन ।

कार्यक्रममा नगरउपप्रमुख भवानी केसी, प्रमुख प्रशासकीय अधिकृत रमेश घर्ती, वडाध्यक्ष, कार्यपालिका सदस्यहरु लगायतको उपस्थिति थियो । संयोजक अधिकारीले जिल्लाका सबै स्थानीय तहसँग सहकार्य गर्दै सडकमा बस्नेहरुको उद्धार, संरक्षण र पुनःस्थापनाका लागि कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिए।

प्रकाशित समय : १९:४१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु