global ime bank Long Banner Ad

गृहपृष्ठ शहिदको दुर्गानन्द झाको सालिकमा चप्पल प्रहार गर्ने समातिए

शहिदको दुर्गानन्द झाको सालिकमा चप्पल प्रहार गर्ने समातिए

शहिदको दुर्गानन्द झाको सालिकमा चप्पल प्रहार गर्ने समातिए

जनकपुरधाम । जनकपुरधाम २३ स्थित शहिद दुर्गानन्द झाको सालिकमा चप्पल प्रहार गरी भिडियो बनाएर सामाजिक सञ्जालमा अपलोड गर्ने व्यक्तिलाई धनुषा प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा जनकपुरधाम–२३ का ४४ वर्षीय रतन महतो रहेका छन् । महतोले केही दिन पहिला शहिद दुर्गानन्द झाको सालिकमा चप्पल प्रहार गरी भिडियोसमेत बनाई सामाजिक सञ्जालमा अपलोड गरेका थिए ।

त्यसपछि सामाजिक सञ्जालमा शहिद झाका अनुयायीहरुले उक्त घट्नाको निन्दा गर्नका साथै चप्पल प्रहार गर्ने व्यक्तिलाई कानुन बमोजिम हदैसम्मको सजायको माग गर्दै आएका थिए ।
जनकपुरधामसहित विभिन्न स्थानबाट विभिन्न संघसंस्था र युवा क्लब राजनीतिक व्यक्ति र पार्टीहरुले जिल्ला प्रहरी कार्यालय धनुषालाई चप्पल प्रहार गर्ने व्यक्तिलाई पक्राउ गर्न ध्यानाकर्षण गराएका थिए ।

सोही अनुसार प्रहरी टोलीले छानविन गर्दै जाँदा जेठ २९ गते (हिजो)वडा नं. २३ लादोस्थित गाउँमा डुल्दै गरेको अवस्थामा महतोलाई पक्राउ गरेको थियो । महतोलाई धनुषा प्रहरीले आज पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ ।

पक्राउ परेका महतोमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दिएको छ ।

प्रकाशित समय : १६:४७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु