global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ कोटिहोममा महाआरतीको तयारी,राजु र सम्झनाले भजन सुनाउने

कोटिहोममा महाआरतीको तयारी,राजु र सम्झनाले भजन सुनाउने

कोटिहोममा महाआरतीको तयारी,राजु र सम्झनाले भजन सुनाउने

पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा आज(शुक्रबार)महाआरती हुने भएको छ ।

महायज्ञका प्रचार प्रसार संयोजक लेखराज ढकालका अनुसार आज बेलुका ६ बजे महाआरती हुँदैछ। कोटिहोममा आज बेलुका महाआरती भएको हुँदा सम्पूर्ण भक्तजनलाई सहभागी जनाउन आग्रह गरिएको छ ।

यसैगरी आज नै कोटिहाममा भजन प्रस्तुत गर्नका लागि चर्चित लोकदोहोरी गायक राजु परियार र लोक दोहोरी गायक सम्झना भण्डारी आउने संयोजक ढकालले जानकारी दिए । यसैगरी आजदेखि नै विभूति (भष्म), तिलक र प्रसाद वितरण गरिने भएको छ ।

त्यसैगरी हवन कुण्डमा रहेका इट्टा पनि वितरण गरिने भएको छ । उनका अनुसार १ सय रुपैयाँ तिरेर हवन कुण्डमा रहेका इट्टापनि घरमा लान पाइने व्यवस्था रहेको छ । त्यसैगरी कोटिहोममा रहेका जल सहितको कलश पनि वितरण भइरहेको छ ।

त्यसैगरी आज नै राष्ट्रिय भजन प्रतियोगिताको पुरस्कार वितरण गरिने भएको छ । कोटिहोममा भएको राष्ट्रिय भजन प्रतियोगितामा विजेता समूहलाई आज पुरस्कार वितरण गरिने कार्यक्रम रहेको संयोजक ढकालले जानकारी दिए ।

प्रतियोगितामा देविस्थान भजन समूह पोखरा–२५ हेमजा प्रथम, माछापुच्छे सेवा समाज पोखरा–२५ हेमजा द्वितीय, बालन एवम् कला संस्कृति संरक्षण प्रतिष्ठान पोखरा–१७ तृतीय, राधाकृष्ण भजन समूह सैन मैना र भद्रकाली खैँजडी भजन समूह सान्त्वना भएका छन ।

त्यसै गरी धर्मोदय दश अवतार भजन समूह पाल्पा रामपुर उत्कृष्ट झाँकी, भक्ति मार्ग आध्यात्मिक कलाकार सङ्घ उत्कृष्ट अभिनय, मातृकेश्वर एकता भजन समूह पोखरा–२५ हेमजा उत्कृष्ट शब्द संयोजन, राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठान कालिका मन्दिर बागलुङ उत्कृष्ट नृत्य, हरिहर भजन समूह स्याङ्जा पुतली बजार उत्कृष्ट प्रस्तुति घोषित भएका थिए ।

प्रतियोगितामा प्रथम हुनेलाई ३ लाख ५५ हजार पाँच सय ५५, द्वितीय हुनेलाई २ लाख ५५ हजार पाँच सय ५५, तृतीय हुने समूहलाई १ लाख ५५ हजार पाँच सय ५५ तथा सान्त्वना हुने दुई जनालाई जनही ६५ हजार पुरस्कार प्रदान गरिनेछ ।

प्रतियोगितामा विभिन्न विधामा पुरस्कृत समूहलाई २५ हजार पाँच सय २५ रुपैयाँका दरले पुरस्कारको व्यवस्था छ । त्यस अवसरमा प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने समूहको प्रस्तुति समेत रहने छ ।

भागवत मञ्जरी राधिका दासीले ३१ गते सम्म कथा वाचन गर्ने कार्यक्रम रहेको छ । पोखरा–१७ स्थित सदाशिवजी सिद्देश्वर हरिहर मन्दिरको जग्गा र आसपासका स्थानीयको जग्गामा कोटिहोम सञ्चालन भइरहेको छ । कोटिहोमको विधिवत समापन भने भोलि हुने छ ।

प्रकाशित समय : ११:३३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु