global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ इरानको परमाणु कार्यक्रमहरूमा इजरायली हमला सुरु

इरानको परमाणु कार्यक्रमहरूमा इजरायली हमला सुरु

इरानको परमाणु कार्यक्रमहरूमा इजरायली हमला सुरु

एजेन्सी । इजरायलले इरानको परमाणु कार्यक्रमहरूमा हमला सुरु गरेको छ ।

इजरायली डिफेन्स फोर्सका अनुसार इरानको राजधानी तेहरानका विभिन्न स्थानमा विस्फोटका आवाजहरू सुनिएका छन्।

इजरायली रक्षामन्त्री इजरायल काट्जले शुक्रबार इजरायलले इरानमा ‘पूर्व–प्रत्यारोप’ सुरु गरेको र देशभरि विशेष आपतकालको घोषणा गरिएको जनाए ।

इजरायल रक्षा बलले केही इरानी सैन्य र आणविक लक्ष्यहरूमा प्रहार गरिएको पुष्टि पनि गरिसकेको छ । इरानको एक राज्य टिभीले शुक्रबार बिहान राजधानी तेहरानका क्षेत्रहरूमा ठूला विस्फोटहरू सुनिएको र स्रोत अझै पत्ता नलागेको समाचार प्रशारण गरेको थियो ।

यता, इजरायली प्रधानमन्त्री बेन्जमिन नेतन्याहुले उक्त हमला ‘अपरेशन राइजिङ लाइअन’ नाम दिइएको सैन्य कारवाहीको एक भाग भएको प्रतिक्रिया दिए ।

प्रकाशित समय : ११:२९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु