global ime bank Long Banner Ad

गृहपृष्ठ ‘भिजिट भिसा प्रकरणका विषयमा छानविन समिति बनाउन गम्भीर बन्नुपर्छ’

‘भिजिट भिसा प्रकरणका विषयमा छानविन समिति बनाउन गम्भीर बन्नुपर्छ’

‘भिजिट भिसा प्रकरणका विषयमा छानविन समिति बनाउन गम्भीर बन्नुपर्छ’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति तथा सांसद डा.स्वार्णिम वाग्लेले छानबिन समिति बनाउने कि नबनाउने भन्ने कुरा अझै अन्योलमा रहेको बताएका छन् ।

विहीबार सत्तापक्ष र प्रतिपक्षको छलफलले भिजिट भिसा प्रकरणलाई साझा रूपमा अघि बढाउनु पर्नेमा सहमति बनेको भन्दै उनले उक्त मुद्दामा माओवादी केन्द्र र नेकपा एमाले गम्भीर हुनुपर्ने बताए ।

उनले भने, ‘राष्ट्रिय स्वतन्त्र पार्टीले अघि सारेको पाँचबुँदे प्रस्तावबारे छलफल अघि बढिरहेको छ । प्रमुख प्रतिपक्षी दलका नेताले सत्ता गठबन्धनका शीर्ष नेताहरूसँग समेत वार्ता गरेका छन् । छलफलको मूल बिन्दु छानबिन समिति बनाउने कि नबनाउने ? भन्ने विषयमा अझै निर्णयमा पुग्न सकेको छैन,’उनले भने । उनले रास्वपा लचक नहुने भन्दै छानबिन संसदको कुनै विशेष समितिबाट नै गरिनुपर्ने बताए ।

‘रास्वपाले प्रस्तावमा उल्लेख गरिएका बुँदाहरूभन्दा बढी लचक हुने अवस्था नरहेको स्पष्ट पारेको छ । यसैबीच माओवादी केन्द्र र नेकपा एमालेबीच मुद्दा गम्भीर रहेको र यसलाई साझा रूपमा अघि बढाउनु पर्नेमा सहमति बनेको छ । माओवादी केन्द्रले यो विषयलाई गम्भीर ढंगले हेर्नुपर्ने र न्याय हुने ढंगबाट अघि बढ्नुपर्नेमा जोड दिएको ।

पार्टीको धारणा अनुसार छानबिन कुनै विशेष समितिबाट नै गरिनुपर्ने र त्यसको लागि निश्चित तिथि र प्रक्रिया तोक्नुपर्ने हुन्छ,’उनले भने । उनले प्रमुख तीन दलहरूले यो विषयको गम्भीरता बुझ्न जरुरी रहेको धारणा राखे ।

प्रकाशित समय : ११:०० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु