global ime bank Long Banner Ad

गृहपृष्ठ चट्याङ लागेर झ्यारी गाउँमा १४ बाख्रा मरे, घरहरुमा क्षति

चट्याङ लागेर झ्यारी गाउँमा १४ बाख्रा मरे, घरहरुमा क्षति

चट्याङ लागेर झ्यारी गाउँमा १४ बाख्रा मरे, घरहरुमा क्षति

मुगु । विहीबार परेको अविरल वर्षासँगै चट्याङ लागेर मुगुमा एक जना किसानले पालेका १४ बाख्रा मरेका छन् ।

विहीबार दिउँसो चट्याङ लागेर छायाँनाथ रारा नगरपालिका वडा नं ८ झ्यारी गाउँका किसान देवचन्द्र रावलका १४ वटा बाख्रा मरेकाह हुन् । अन्य चारवटा बाख्रा घाइते छन् ।

एकैसाथ १४ बाख्रा मरेपछि देवचन्द्रले बाख्रा पालनबाट विस्तापित हुनु परेको छ । उनले नगरपालिका लगायत अन्य निकायबाट राहत पाए फेरि बाख्रा पालन गर्ने बताए । तीन घण्टा लामो भएको भारी वर्षापछि आएको बाढीले सोही गाउँकी बासुरुपा रावलको घर भत्किएको छ ।

झ्यारी गाउँका अन्य धेरैजसो घरभित्रै बाढी पसेको छ । केही गाउँले विस्तापित समेत भएका छन् । २०७९ असोज महिनाको २४ र २५ गते आएको अविरल वर्षाले झ्यारी गाउँमा ठूलो क्षति पुर्याएको थियो ।

०७९ कै बाढीले चर्किएकै घरमा बस्नुपर्ने बाध्यता खेपिरहेका स्थानीय जोखिम मोलेर अहिले बस्न बाध्य रहेको स्थानीय असल रावलले बताए । वर्षापछिको बाढीले पाक्दै गरेको जौं गहुँ बालीमा पनि क्षति पुगेको छ । घटनाको एकिन विवरण आउन भने बाँकि रहेको छ । रारा छायानाँथ नगरपालिकाका मेयर विष्णु कुमार भामले प्रहरी पठाएर घटनाको मुचुल्का उठाउने काम भइरहेको जानकारी दिए ।

प्रकाशित समय : ११:०३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु