global ime bank Long Banner Ad

गृहपृष्ठ बकैया गाउँपालिका पूर्णखोप सुनिश्चिता तथा दिगोपना घोषणा

बकैया गाउँपालिका पूर्णखोप सुनिश्चिता तथा दिगोपना घोषणा

बकैया गाउँपालिका पूर्णखोप सुनिश्चिता तथा दिगोपना घोषणा

मकवानपुर । मकवानपुरको बकैया गाउँपालिकालाई पूर्ण खोप सुनिश्चिता तथा दिगोपना पालिकाको रुपमा घोषणा गरिएको छ । बुधबार सम्पन्न औपचारिक कार्यक्रममार्फत बकैया गाउँपालिका अध्यक्ष धर्मराज लामिछानेको सभाध्यक्षता र जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख कृष्ण बहादुर मिजारको प्रमुख आतिथ्यतामा सो घोषणा गरिएको हो ।

गाउँपालिकाले खोपसम्बन्धी सम्पूर्ण मापदण्ड र प्रक्रिया पूर्ण गर्दै पूर्ण खोप निर्देशिकाअनुसारको कार्यान्वयन सफलतापूर्वक सम्पन्न गरेको थियो ।

कार्यक्रमका दौरान जिल्ला खोप समन्वय समिति सदस्य सचिन कृष्ण बहादुर मिजारले पालिका अध्यक्ष लामिछानेलाई पूर्ण खोप सुनिश्चिता घोषणापत्र हस्तान्तरण गरे। त्यसपछि पालिकाका १२ वटै वडा कार्यालय र १२ वटा स्वास्थ्य संस्थाहरुलाई पनि प्रमाणपत्र वितरण गरिएको थियो। प्रमाणपत्र अध्यक्ष, उपाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतको हातबाट प्रदान गरिएको थियो ।

कार्यक्रमको सञ्चालन बकैया गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख रमेश फुयालले गरेका थिए ।

यस अवसरमा गाउँपालिका उपाध्यक्ष भक्त बहादुर खत्री, प्रमुख प्रशासकीय अधिकृत महेश श्रेष्ठ, विभिन्न जनप्रतिनिधि, स्वास्थ्यकर्मी, राजनीतिक दलका प्रतिनिधि, तथा बुद्धिजीवीहरूको उपस्थिति रहेको थियो। अतिथिहरूले पालिकाको स्वास्थ्य क्षेत्रमा भएको उपलब्धिको प्रशंसा गर्दै शुभकामना मन्तव्य पनि व्यक्त गरे।

प्रकाशित समय : १०:०० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु