global ime bank Long Banner Ad

गृहपृष्ठ वाग्मती र कोसीका केही स्थानमा तीन घण्टादेखि वर्षा

वाग्मती र कोसीका केही स्थानमा तीन घण्टादेखि वर्षा

वाग्मती र कोसीका केही स्थानमा तीन घण्टादेखि वर्षा

कोसी र वाग्मती प्रदेशका केही स्थानहरूमा विगत तीन घण्टादेखि मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भएको छ । एक/दुई स्थानमा भारी वर्षा मापन भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

वर्षा गराउने प्रणाली दक्षिण–पश्चिमतर्फ सर्दै गइरहेकोले आसपासका क्षेत्रमा समेत मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ ।

गण्डकी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानहरूमा हल्का वर्षा भएको र बाँकी स्थानहरूमा बदलीको क्रम बढ्दै वर्षा हुने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरिएको छ ।

प्रकाशित समय : १९:०६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु