गृहपृष्ठ एम्पोरियो अरमानी नेपाल भित्रियो, काठमाडौंमा छिट्टै लक्जरी शो रूम

एम्पोरियो अरमानी नेपाल भित्रियो, काठमाडौंमा छिट्टै लक्जरी शो रूम

एम्पोरियो अरमानी नेपाल भित्रियो, काठमाडौंमा छिट्टै लक्जरी शो रूम

विश्व प्रसिद्ध लक्जरी फेसन ब्रान्ड एम्पोरियो अरमानीले नेपालमा भित्रिएको छ । ब्रान्डले आफ्नो आधिकारिक उपस्थिति सुनिश्चित गर्दै नेपालका लागि एकमात्र आधिकारिक आयातकर्ता नियुक्त गरेको छ । यो साझेदारीसँगै नेपालको फेसन बजारमा पहिलोपटक अन्तर्राष्ट्रिय स्तरको लक्जरी फेसन ब्रान्ड प्रवेश गर्न लागेको छ ।

एम्पोरियो अरमानी, इटालियन फेसन दिग्गज अरमानी ग्रुपअन्तर्गतको एक प्रमुख शाखा हो, जसले आधुनिक जीवनशैली झल्काउने उत्कृष्ट डिजाईन तथा आकर्षक एक्सेसरीहरू प्रदान गर्दै आएको छ ।

युवा वर्गदेखि व्यवसायिक वर्गसम्ममा लोकप्रिय यो ब्राण्डले विश्वभर लक्जरी फेसनको पर्यायका रूपमा आफ्नो पहिचान बनाएको छ ।

J&Coअब एम्पोरियो अरमानीको सम्पूर्ण उत्पादनहरूको आयात, वितरण र ब्रान्ड व्यवस्थापन गर्ने अधिकार प्राप्त कम्पनीको रूपमा नेपालमा परिचालित हुनेछ । कम्पनीले छिट्टै राजधानी काठमाडौंको प्रमुख व्यापारिक क्षेत्रमा उच्च स्तरीय शो रूम सञ्चालन गर्ने योजना बनाएको छ, जसबाट नेपाली ग्राहकले अन्तर्राष्ट्रिय स्तरको लक्जरी खरीद अनुभव लिन सक्नेछन् ।

शुरुआती चरणमा शो रूममा ट्राभल एक्सेसरी, ट्राभल एक्सेसोरीज, ब्याग, जुत्ता, वालेट तथा अन्य फेसन एक्सेसरीहरू उपलब्ध गराइने छ । कम्पनीका अनुसार, आगामी चरणहरूमा ग्राहकको मागअनुसार अन्य उत्पादनहरू पनि थप गरिनेछ ।

J&Co का प्रवक्ता भन्छन्– ‘एम्पोरियो अरमानीजस्तो प्रतिष्ठित ब्राण्डसँगको सहकार्य हाम्रो लागि गौरवको विषय हो । नेपालमा अन्तर्राष्ट्रिय लक्जरी ब्रान्डप्रति चासो र माग बढ्दो क्रममा छ, र हामीले ग्राहकलाई विश्वस्तरीय अनुभव दिने प्रतिवद्धता जनाएका छौं ।’

यो सहकार्यले नेपालको लक्जरी रिटेल बजारमा नयाँ युगको सुरुवात गर्ने विश्वास गरिएको छ । वैश्विक ब्राण्डहरू नेपाली बजारप्रति आकर्षित हुँदै जानु नेपालको उपभोक्ता शक्ति र फेसन चेतनाको विकासको स्पष्ट संकेत हो । शो रूम उद्घाटनको मिति तथा विस्तृत जानकारी छिट्टै औपचारिक रूपमा सार्वजनिक गरिने कम्पनीले जनाएको छ ।

प्रकाशित समय : ११:०८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु