काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

हिमालयन बैंकले स्थानान्तर गर्यो न्यूरोड शाखा, ठमेलको सञ्चय कोष भवनबाट सेवा प्रदान हुने

2.42K
shares

काठमाडौं। हिमालयन बैंक लिमिटेडले नजिक भएका शाखा सञ्जालमध्ये न्यूरोड शाखा–२ लाई स्थानान्तरण गरी काठमाडौं महानगरपालिका २७ स्थित ठमेलको सञ्चय कोष भवनबाट सम्पूर्ण बैंकिङ सेवा प्रदान गर्ने गरी सञ्चालनमा ल्याएको छ।

उक्त शाखाको शुभारम्भ बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शमशेर राणाले अन्य उच्चपदस्थ कर्मचारी तथा अतिथिको उपिस्थतिमा गरेका थिए।

हाल बैंकले नेपालभर फैलिएका १७४ शाखा कार्यालय, २० विस्तारित काउन्टर, २८६ एटीएम, आठ हजारभन्दा बढी पीओएस ट्रमिनल र १५ हजारभन्दा बढी विप्रेषण भुक्तानी केन्द्रबाट आफ्ना ग्राहकहरुलाई विभिन्न बैंकिङ सेवा प्रदान गर्दै आएको छ।