काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

हिमालयन लाइफले वृद्धाश्रम र बाल आश्रममा खाद्यान्न वितरण

1.03K
shares

हिमालयन लाइफले आफ्नो १७औं बार्षिकोत्सवको अवसरमा वृद्धाश्रम र बाल आश्रममा खाद्यान्न वितरण गरेको छ ।

कम्पनीको बिर्तामोडस्थित उप९प्रादेशिक कार्यालयले स्नेहा माया घर र तारा नमस्ते बालआश्रममा दैनिक उपभोग्य वस्तुहरू दाल, तेल, चामल र छात्राहरुका लागि सेनेटरी प्याड वितरण गरेको कोशी प्रदेश उपप्रमुख भोलाकृष्ण मिश्रले जानकारी दिए ।

कम्पनीले प्रत्येक वर्ष सामाजिक उत्तरदायित्व अन्तर्गत वार्षिकोत्सवको अवसरमा सामाजिक कार्य गर्दै आइरहेको उनले बताए ।

सो अवसरमा सिनियर एजेन्सी मेनेजर खिवाराज दाहाल, एजेन्सी मेनेजर सागर रिजाल, सविता खनाल, संजीव पाण्डे, एजेन्सी हरी घिमिरे, दुर्गा राई, शाखा प्रमुख बद्री भण्डारी उपस्थित थिए ।