global ime bank Long Banner Ad

गृहपृष्ठ गणतन्त्र दिवसमा रक्तदान

गणतन्त्र दिवसमा रक्तदान

गणतन्त्र दिवसमा रक्तदान

कर्मचारी मिलन केन्द्र झापाले आज गणतन्त्र दिवस २०८२, को अवसरमा रक्तदान कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा १०५ जनाले रक्तदान गरे ।

जिल्ला प्रशासन कार्यालयको प्राङ्गणमा भएको रक्तदानमा प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारी, जिल्लास्थित विभिन्न सरकारी तथा गैर सरकारी कार्यालयका कर्मचारी तथा सर्वसाधारणको सहभागिता रहेको मिलन केन्द्रका अध्यक्ष सञ्जीवकुमार शाहले जानकारी दिए ।

उनले रगतको अभावले कसैले ज्यान गुमाउन नपरोस भन्ने उद्देश्यले रक्तदान कार्यक्रम आयोजना गरिएको बताए । यसअघि पनि विभिन्न सामाजिक तथा जनकल्याणकारी कार्यक्रम गर्दै आएको मिलन केन्द्रले जनाएको छ ।

रक्तदान कार्यक्रम जिल्ला प्रशासन कार्यालयको समन्वय तथा नेपाल रेडक्रस सोसाइटी झापाको सहयोगमा सम्पन्न भएको हो ।

प्रकाशित समय : १९:०१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु