गृहपृष्ठ लगातार अनुपस्थित भएपछि प्रदेशसभा सदस्य गीता गुरुङ पदमुक्त
लगातार अनुपस्थित भएपछि प्रदेशसभा सदस्य गीता गुरुङ पदमुक्त
लुम्बिनी प्रदेशसभा सदस्य गीता गुरुङ पदमुक्त भएकी छन । जनमत पार्टीबाट समानुपातिक तर्फबाट प्रदेशसभा सदस्य भएकी गुरुङ लगातार अनुपस्थित रहेको आधारमा पदमुक्त गरिएको हो ।
नेपालको संविधानको धारा १८० को खण्ड (घ) अनुसार प्रदेशसभामा पूर्वसूचना नदिइ लगातार १० वटा बैठकमा अनुपस्थित रहने सदस्यको पद रिक्त हुने व्यवस्था छ । सोही प्रावधानअनुसार सभामुख तुलाराम घर्ती मगरले गुरुङ पदमुक्त भएकोले सो स्थान रिक्त भएको घोषणा आज बसेको छैटौँ अधिवेशनको ११औँ बैठकमा गरेका हुन ।
प्रदेशसभा नियमावली, २०७९ को नियम १९० को उपनियम १ मा पनि कुनै सदस्यको स्थान रिक्त भएमा सभामुखले त्यसको जानकारी सभालाई दिनुपर्ने व्यवस्था छ । पाँचौँ अधिवेशनअन्तरगत सम्पन्न ८३ वटा बैठकमध्ये उनि ३४ वटा बैठकमा मात्र सहभागी थिए । छैटौँ अधिवेशनमा भने उनि कुनै बैठकमा उपस्थिति भएको छैन । सो अधिवेशनमा ११ वटा बैठक सम्पन्न भइसकेका छन् ।
जनमत पार्टी संसदीय दलका नेता चन्द्रकेश गुप्ताले सभामुखलाई पत्र पठाइ गुरुङले लगातार १० वटा बैठकमा अनुपस्थित भएकाले संविधानअनुसार उनको पद रिक्त घोषणा गर्न अनुरोध गरेका हुन । गुरुङको पद रिक्त भएपछि लुम्बिनी प्रदेशसभामा अब ८७ सिटमध्ये ८६ सांसद छन् ।
प्रकाशित समय : १८:५७ बजे



















